Edukhabar
मंगलबार, ११ मंसिर २०८१
गतिविधि

ग्ल्याडस्टोनलाई फेरि अन्तर्राष्ट्रिय पुरस्कार

मंगलबार, १३ भदौ २०७४

भक्तपुर– मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीले फेरि अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (आईएसए) प्राप्त गरेको छ ।

यसअघि विद्यालयले सन् २०१३ देखि २०१६ को उपाधि जितेको थियो । सो पुरस्कार नेपाल सरकार र ब्रिटिस सरकारको शैक्षिक नियोग बिर्टिश काउन्सिलले संयुक्त रुपमा प्रदान गर्दै आएको छ ।

विद्यालयले नयाँ संकरण २०१६ देखि २०१९ का लागि प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय अवार्ड पुनः जितेर उक्त अवार्ड दोहोर्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले बताए ।

उनले गत आइतबार राजधानीको द बिर्टिश स्कुलमा आयोजित विशेष कार्यक्रममा शिक्षा विभागका महानिर्देशकको उपस्थितिमा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले उक्त अवार्ड ग्ल्याडस्टोन एकेडेमीलाई प्रदान गरिएको बताए । उक्त उपाधि विद्याललयका प्रधानाध्यापक कोइराला र प्रतियोगिताका संयोजक एवं सह–प्रधानाध्यापक विनोद भट्टराईलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

पुरस्कारका लागि विभिन्न विद्यालयका विभिन्न तहका विद्यार्थीले आफ्ना प्रोजेक्ट रिपोर्ट प्रस्तुत गरेका थिए ।सो क्रममा ग्ल्याडस्टोन एकेडेमीका विद्यार्थीहरुले बेलायतको वोवर्न इन्फ्यान्ट एण्ड नर्सरी स्कुल, दक्षिण कोरियाको सियोल योम क्यङग इलिमेन्ट्री स्कुल, अफगानिस्तानको सैफ गर्ल्स हाइस्कुल र थिमि नगदेशको गणेश माध्यमिक विद्यालय लगायत अन्य संघसंस्थासंग सहकार्य गरी आफ्नो प्रोजेक्ट वर्क तयार गरेका थिए ।

 

प्रतिक्रिया