Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

शिक्षकको ड्युटी : विद्यालयमा कि जिल्ला शिक्षा कार्यालयमा ?

शनिबार, १० भदौ २०७४

विद्यालयमा पढाउने शिक्षक कहाँ भेटिनुपर्छ ? विद्यालयमा कि ? कार्यालयमा ? जवाफ प्रष्ट छ : विद्यालयमा । तर सबै शिक्षकको लागि भने यो लागू हुँदैन । वास्तवमा पढाउने शिक्षक बढी कहाँ भेटिन्छन् त ? भन्ने प्रश्नको जवाफमा लघुकथा अपरिचितमार्फत् लघुकथा लेखिरहेकी भवानी तिमल्सिना न्यौपानेले परिचित बनाएकी छन् । सोही लघुकथा साताको शिक्षा साहित्यमा ।


सुनिता र शारदा दुबै छिमेकी विद्यालयका शिक्षक हुन । दुबै जना कार्यालयले आयोजना गरेको तालिममा सहभागी हुन आएका थिए । गाडीबाट ओर्लिएर स्रोतकेन्द्रको गेटभित्र छिर्ने बित्तिकै कार्यालयका उच्च अधिकारीसँग भेट भयो । दुवै जनाले सरलाई अभिवादन गरे ।

‘ओहो !! शारदा मेडम के हो ? के छ खबर ? आजकल त कार्यालयतिर नि आउनै छोड्नु भयो ।’
‘आइहाल्छु नि सर !! आजकल अलि बेस्त भएर हो । हजुरहरु भएको ठाउँमा नआएर कहाँ जानू छ र ।“ शारदा म्यामले भनिन् ।
‘हैन तपाँईले त चट्टै मायै पो मार्नु भयो त ।’ 

‘यसरी माया नै त मार्नु भएन नि । कहिले काहीँ हामिलाई पनि सम्झिदिनु भए भाग्यमानी हुने थियौँ नि ।’ शारदा मेडम लजाएझैं गरेर मस्किइन ।
उनिहरु गफमा यति मस्त थिए कि सुनिताको उपस्थितिको भान थिएन । सुनितालाई भने उनिहरुको हाउभाउ र सम्वादले पट्यार लागिसकेको थियो ।
सुनिता उनिहरुको गफको बिचमै बोलिन, ‘तालिम सुरु हुने बेला भयो मेडम जाउँ ।’ बल्ल सरको ध्यान सुनितातिर गयो र भन्नुभयो, ‘यहाँलाई त मैले चिन्न सकिँन नि !! अनि सुनिताले आफ्नो विद्यालयको नामसहित आफ्नो परिचय दिईन् ।

त्यसपछि फेरि सरले भन्नुभयो, ‘यति लामो समयसम्म पनि तपाईं अपरिचित हुनु हुँदो रहेछ नि त । तब सुनिताले जवाफ दिइन’, म कार्यालयमा नभएर विद्यालयमा उपस्थित हुन्छु , त्यसैले होला ।’
नोट : यस कथाका पात्र नाम तथा कथा काल्पनिक हुन कसैसँग मेल खाएमा संयोगमात्र हुनेछ ।

 

प्रतिक्रिया