Edukhabar
मंगलबार, ११ मंसिर २०८१
गतिविधि

शिक्षा ऐनको माध्यमबाट शिक्षक एवं कर्मचारीको व्यवस्थापन

विहीबार, ०८ भदौ २०७४

काठमाडौं– उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले संघीय संरचनामा शिक्षा ऐनको माध्यमबाट शिक्षकहरुको व्यवस्थापन एवं कर्मचारीको सम्मानजनक व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

मन्त्रालयस्तरिय समस्या समाधान समितिको आ.व ०७३/०७४ तेस्रो चौमासिक तथा वार्षिक समीक्षा वैठकमा शिक्षामन्त्री श्रेष्ठले उक्त विषयमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

मन्त्रालयका कार्यक्रम, प्रगति, आइपरेका समस्या, समस्या समाधानको लागि गरिएका प्रयास र समसामयिक विषयमा गरिएको छलफलमा  मन्त्री श्रेष्ठले भूकम्प प्रभावित विद्यालयको पुर्ननिर्माण र बाढी तथा पहिरो प्रभावित क्षेत्रका विद्यार्थीको पठनपाठन सूचारु गर्न निर्देशन पनि दिए । त्यसका लागि मन्त्री श्रेष्ठले विद्यार्थी, शिक्षक एवं पाठ्यपुस्तक व्यवस्थापन गर्न मन्त्रालय, विभाग, क्षेत्रिय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिए ।

बैठकमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले बजेट कार्यान्वयनमा प्रतिफल देखिने गरी कार्यसम्पादन गर्न, भए गरेका कामको प्रगति स्पष्ट तथ्यांकिय ढाँचामा प्रस्तुत गर्न जोड दिए । उनले आगामी दिनमा नक्सांकनका आधारमा विद्यालय व्यवस्थापन एवं वितरण गर्नुपर्ने, विद्यालयको दरबन्दी मिलान, शैक्षिक गुणस्तर विकास र बाढिपहिरो प्रभावित क्षेत्रमा पाठ्यपुस्तक व्यवस्थापनजस्ता मुद्दाको व्यवस्थापनमा बढि जोड दिनुभइ शिक्षा नियमावलीको आवश्यकतालाई औल्याएका थिए ।

 

 

प्रतिक्रिया