- अनमोलमणि पौडेल
विश्वविद्यालय उत्तीर्णहरुमा पनि सिर्जनात्मक क्षमता भेटिन्न । सिद्धान्तका कुरा जाने पनि व्यवहारिक ज्ञान नेपालको शिक्षा प्रणालीले दिएको छैन । शिक्षाविद्हरुका शब्दमा ‘समालोचनात्मक विज्ञान’का पक्षधर जनशक्ति उत्पादन हुन सकेको छैन ।ज्ञानका स्रोतहरु बदलिएका छन्, नेपालको शैक्षिक परम्परा बदलिएको छैन । परिणाम १२ वर्षको विद्यालय तह सकेको नेपाली विद्यार्थीको हातमा कुनै पनि सीप हुदैन । विश्वविद्यालय उत्तीर्णहरुमा पनि सिर्जनात्मक क्षमता भेटिन्न । सिद्धान्तका कुरा जाने पनि व्यवहारिक ज्ञान नेपालको शिक्षा प्रणालीले दिएको छैन । शिक्षाविद्हरुका शब्दमा ‘समालोचनात्मक विज्ञान’का पक्षधर जनशक्ति उत्पादन हुन सकेको छैन । जसले गर्दा हरेक वर्ष एसएलसीमा फेल हुने २ लाख र उच्च माध्यमिक तहमा अनुतीर्ण हुने झण्डै स“ढे ४ लाख विद्यार्थी सीपविहीन भएर कि देशमै हल्लिरहेका छन् कि निम्न स्तरको श्रम गर्न विदेशिएका छन् । यस्तो गर्न सक्छु भन्ने आ“ट नेपाली विद्यार्थीलार्य अहिलेको शिक्षाले दिन सकेको छैन ।
शिक्षाविद् विद्यानाथ कोइरालाको शब्दमा अबको नेपालमा प्राकृतिक र स्वभाविक ज्ञान, वौद्धिक ज्ञान, ऐतिहासिक ज्ञान र अनुभवजन्य ज्ञानहरुको मिश्रण गरी सीपयुक्त र कामबादी जनशक्ति उत्पादन जरुरी छ । ‘हामी विद्यार्थीलाई घोकाइ रहेका छौं । सिर्जनात्मक होइन कण्ठ गराएर सुगा बनाइरहेका छौं’, कोइरालाको बुझाइ छ, ‘हामीले विद्यालय तहदेखिनै व्यवहारिक शिक्षा सुरु गर्नु पर्छ । उसले सिकेको÷जानेको ज्ञान भोलि उपयोग होस् र जिविकोपार्जन गर्न सकोस् ।’
नेपालमा सन् ८० को दशकदेखि सुरु भएको शिक्षा सुधारले ९०को दशकमा बलियो रफ्तार लियो । तर नेपालको शिक्षा अहिले पनि २०२८ सालकै राष्ट्रिय शिक्षा पद्यतीको योजना अनुसार चलिरहेको छ । जसले कक्षा १० सम्मको मध्यमिक विद्यालय तह तय गरेको थियो र सैद्धान्तिक ज्ञानको पाठेयक्रम पढाइरहेको थियो । असीको दशकमा सुरु प्राथमिक शिक्षा परियोजनादेखि आधारभूत तथा प्राथमिक शिक्षा परियोजना÷कार्यक्रम हुदै सबैका लागि शिक्षा कार्यक्रमको दुई दशक पनि सकिएको छ । यो अवधीको सकरात्मक पाटो भनेको शिक्षाको पहुचमा मात्रात्मक सुधार भएको छ । कक्षा १ मा विद्यार्थी भर्नादर झण्डै ९४ पुगेको देखिनु त्यसको उदाहरण हो । यो भर्ना दर विद्यालयमा टिकिराखेको भने छैन । कक्षा १ मा भर्ना हुनेमध्ये १२ जना विद्यार्थीमात्रै अहिलेसम्म कक्षा १०मा लिइदै आएको विद्यालय तहको अन्तिम परीक्षा एसएलसीमा सामेल हुन्छन् । त्यसमध्ये ४० प्रतिशत अनुतीर्ण हुन्छन् । उत्तीर्ण हुनेसित पनि कुनै खास सीप छैन ।
शिक्षाविद् कोइरालाका शब्दमा बदलिदै गएका ज्ञानका स्रोतबारे पहिचान गर्न नसकेर हामीले पुरानै शैलीलाई निरन्तरता दिएकाले गुणात्मक सुधार हुन नसकेको हो । ‘अहिले पूजीको वर्गीय खाडल भन्दा पनि सीप हुने र नहुनेवीचको वर्गीय खाडल ठूलो हुनुको कारण त्यही हो’, शिक्षा मन्त्रालयका उपसचिव हरि लम्साल भन्छन्, ‘आधारभूत तहदेखिनै विद्यार्थीलाई जीवनोपयोगी सीप दिन सके यहा बस्ने र बाहिर जाने दुवैले आफूलाई गरिखाने वर्गमा उभ्याउन सक्छन् । अहिले उत्पादन भएको जनशक्ति त्यो कोटीको छैन ।’
सरकारले २०२८ सालपछि पहिलो पल्ट गतवर्षबाट सुरु गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी)मा आधारभूत र माध्यमिक दुई तह गरेर सीप मुलक शिक्षाको व्यवस्था गर्ने तयारी गरे पनि त्यसको व्यवहारिक प्रयोग भने अन्योलमै छ । योजना अनुसार कक्षा ८ सम्मको आधारभूत तह सकेपछि विद्यार्थीले माध्यमिक तहमा सीपयुक्त शिक्षा लिन पाउने छन् । एसएसआरले पहुच र अवसर विस्तार, समय सान्दर्भिक शिक्षा, सिकाइ उपलब्धिमा सुधार र सीप विकासमा जोड दिएको छ । १—१२को विद्यालय तहले औपचारिक शिक्षा, पूर्व विद्यालय शिक्षा, विद्यालय तहको व्यवसायिक शिक्षालाई समेत कार्ययोजनामा राखेको छ । तर अहिलेसम्मजस्तै यो योजना पनि सीपयुक्त जनशक्ति उत्पादनका लागि प्रदान गरिने शिक्षा बारे अलमलिएको छ ।
तथ्याङ्क विभागको एक वर्षअघिको अध्ययनले भन्छ, देशको बेरोजगारी प्रतिशत ४३ छ । दैनिक करिब ७ सयको हाराहारीमा युवा निम्नस्तरको श्रमका लागि विदेश गइरहेका छन् । शिक्षाविद् प्रा टंकनाथ शर्माका शब्दमा विद्यालय तहबाटै सीप नपाएकाले वेरोजगारी समस्या बढ्दै गएको हो । हामीले रोजगार हुने भन्दा रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादनमा ध्यान नदिएर समस्या आयो । विद्यालय तह सकेर निस्कने प्राय सबै विद्यार्थी काम खोज्छन् । उद्योग, व्यापार वा प्राज्ञिक काम । व्यक्तिले गर्ने काम (श्रम) उसले पाएको शिक्षाको प्रतिफल र क्षमता प्रस्तुत गरी मूल्यको सिर्जना गर्ने पहिलो क्रियाकलाप हो । एसएलसीपछि आफ्नो मूल्य आफै सिर्जना गर्न सक्ने जनशक्ति उत्पादन अबको शिक्षाको लक्ष्य हुनु पर्छ ।
‘त्यसका लागि विद्यालय तहबाटै अभ्यास सुरु गर्नु पर्छ’, शिक्षाविद् विष्णु कार्की भन्छन्, ‘अहिलेकै जनशक्ति र विद्यालयको भौतिक पूर्वाधारमा कृषि, रोजगारमुलक तालिम तथा व्यवहारिक प्रयोगका सीप सिकाउन सकिन्छ । अहिले त पढेकाले कृषिको कामै गर्नु हुन्न भन्ने अवधारणा किास हुदै गएको छ । यसलाई बदल्नु पर्छ ।’
जिल्ला शिक्षा कार्यालय डोल्पाले यसपालीदेखि स्थानीय आवश्यकता अनुसार यार्सागुम्बालाई पाठ्यक्रममा समेट्यो । धादिङ्मा तरकारी खेतीका कुरालाई अध्यापनमा समेटियो । सुनसरीका केही विद्यालय माछा पालन अवलोकन गराएर विद्यार्थीलार्य व्यवसायिक ज्ञान दिन थालेका छन् । डोल्पाका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माका अनुसार यार्सागुम्बा हिमाली भेगमा ठूलो आम्दानी श्रोत हो । पढाइ छाडेर विद्यार्थी यार्सा टिप्न जान थालेपछि विद्यालय बन्द गर्नुको विकल्प छैन । ‘वर्ष एकपल्ट हुने भएकाले स्थानीय आवश्यकता अनुसार हामीले यसालाई पाठ्यक्रममा समेट्नु उचित ठान्यौ“’, शर्माले भने, ‘यसले उनीहरुको व्यवहारिक ज्ञानलाई विकास गर्न थप मद्दत पुग्छ ।’ पाठ्यक्रममा यार्सा के हो ? कसरी टिप्ने ? टिप्न जादा आइपर्ने समस्या, व्यापार विस्तारको क्षेत्र पहिचान, उचित मूल्य र आफ्नो सुरक्षाबारे विस्तृत रुपमा समेटिएको छ । शर्माको भनाइमा अबको सिकाइ प्रमाणपत्र लक्षित भन्दा व्यवहारिक हुनु पर्छ जसलाई भोलि सहज उपयोग गर्न सकियोस् ।
शिक्षाविद् कार्कीका शब्दमा अबको शिक्षा समस्या समाधान गर्न, ज्ञान र सीपको प्रयोग गर्न, उसको क्षमता, तार्किक सोच र अभिव्यक्ति निर्माण गर्न सघाउने खालको हुनु पर्छ । अब श्रमबजार हेरेर दिइने शिक्षामात्रै बिक्छ । कृषिको बजारका लागि कृषिकै सीप दिनु पर्छ । हलोलाई वैज्ञानिकीकरण गर्ने तरिका सिकाउनु पर्छ । सानो र थोरै स्रोतलाई कसरी परिचालन गरेर सक्षम हुने भन्ने सिर्जनात्मक बुद्धि नदिएसम्म कामका लागि विदेशिने समस्या कम हुदैन । शिक्षाले व्यक्तित्व विकास, पेशा व्यवसायका लागि मानसिक तथा सीपका हिसबले तयार, बदलिदो समाजमा आउने चुनौति र अवसर अनुसार आफूलाई उभ्याउन सक्ने ‘व्यवसायिक सीप’ विकास जरुरी छ । यसको साटो हाम्रो अहिलेको पाठ्यक्रमले सैद्धान्तिक कुरालाई जोड दिएको छ ।
माघ तेस्रो साता राजधानीमा भएको एउटा कार्यक्रममा सहभागी शिक्षाविद्हरुले विद्यार्थीमा ‘क्रिटिकल थिङ्किङ’ हराउदै गएको गुनासो गरे । कारण पनि पहिल्याए, हाम्रो सिकाइ शैली भएन । परीक्षा प्रणाली भएन । पाठ्यक्रम भएन । व्यवहारिक छैन । ‘परीक्षामा पास भएका हाम्रा विद्यार्थी जीवनको हरेक परीक्षामा पास हुन कठीन भइरहेको छ’, शिक्षाविद् केदारभक्त माथेमा भन्छन्, ‘हरेक व्यक्तिले आधारभूत शिक्षा, प्रविधि, काममा आधारित सीप, एउटा नागरिकलाई चाहिने आधारभूति ज्ञान पाउनु पर्छद । तबमात्र ऊ जीवनका हरेक परीक्षामा पास हुन सक्छ । यसको सुरुवात सरकारको अग्रसरतामा शिक्षक आफैले गर्न सक्छ ।’
अहिले सरकारी तहबाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)ले प्रविधिक शिक्षाको आधारभूत ज्ञान दिइरहेको छ । यसमा सबैको पहुच छैन । विद्यालयमा भर्नादर बढेकाले यस्तो सीप अब विद्यालय तहबाटनै सुरु जरुरी छ । विद्यालय र कामको संसारसित जोड्ने शिक्षा सुरु गर्न ढिला भएको छ । साधारण र सीपयुक्त व्यवसायिक शिक्षा, बजारको आवश्यकता पहिल्याएर पेशागत दक्ष जनशक्ति उत्पादनका लागि तयार गर्नु पर्ने पाठ्यक्रम र शिक्षकबारे राज्यले अहिलेसम्म सोचेको छैन । शिक्षाविद् कोइराला भन्छन्, ‘बदलिदो ज्ञानको स्रोतलाई विचारेर व्यक्तिलाई आत्म निर्भर हुने शिक्षा विद्यालय तहबाटै सुरु गर्नु पर्छ । त्यसमा राज्यले दायित्व लिनु पर्छ । शिक्षकले लगन देखाउनु पर्छ । विद्यार्थीले मलाई चाहिने ज्ञान हो भनेर आत्मसात गर्नुपर्छ ।’
प्रतिक्रिया