- डा. विद्यानाथ कोइराला
संघीयताको सन्दर्भ : जनताले सेवा खोजे । सुनिश्चित सेवा । काठमाडौंका पूर्व राजाले घरदैलो सेवा दिए । जनताको ध्वाँसीको घुवा हेरेर । हिमाली जातीय राजाले किल्लाभित्र अरुको प्रवेश रोकेर ।सिमरौनंगढी राजाले जनआय अत्यधिक बढाएर । राणाशाहीले मौजा र प्रगन्ना बनाएर । तिनले सेवा दिए कि लिए – इतिहास स्वयं भन्छ । २००७ सालपछि पनि अनेकन् मोडेल आए । नेपाली काँग्रेसको ब्ल्क विकास (द्ययिअ मभखभयिऊभलत) । पंचायतको गाँउ र नगरपंचायत । माओवादीको गाउँ जनसरकार ।संघीयताको सन्दर्भ : जनताले सेवा खोजे । सुनिश्चित सेवा । काठमाडौंका पूर्व राजाले घरदैलो सेवा दिए । जनताको ध्वाँसीको घुवा हेरेर । हिमाली जातीय राजाले किल्लाभित्र अरुको प्रवेश रोकेर । सिमरौनंगढी राजाले जनआय अत्यधिक बढाएर । राणाशाहीले मौजा र प्रगन्ना बनाएर । तिनले सेवा दिए कि लिए – इतिहास स्वयं भन्छ । २००७ सालपछि पनि अनेकन् मोडेल आए । नेपाली काँग्रेसको ब्ल्क विकास (द्ययिअ मभखभयिऊभलत) । पंचायतको गाँउ र नगरपंचायत । माओवादीको गाउँ जनसरकार । अहिलेको गाउँ विकास समिति । हाम्रा प्रजानन्त्रोत्तर प्रयासले जनसेवा सुनिश्चित भएन । तर यस्तै संरचनामा विशाल चीनले सेवा सुरक्षित ग–यो । न्यूनतम जनसेवा । संघीयता खोजेन । सेवा खोज्यो । जातजातीय र भाषिक राज्य खोजेन । राष्ट्रले दिनुपर्ने सबै सेवा दियो । छिमेकी भारतले सुनिश्चित सेवा दिएन । संघीय राज्य दियो । कतै जातको । कतै भाषाको । त्यसैले प्रश्न संघीयताको हो कि होइन ? सुनिश्चित जनसेवाको भने पक्कै हो । जनसेवा सुनिश्चित कसरी गर्ने ? विकेन्द«ीकरणले ? चीनले त्यसै ग¬–यो । संघीयताले अमेरिकाले त्यसै ग–यो । हाम्रोमा विकेन्द«ीकरणले पनि गरेन । त्यसैले जात–जाती र भाषिक समूहले पो गर्छन कि ? पुरातन मोहले पो गर्छन कि ? यही रहरमा हामी दौडिरहेका छौं । यो दौडमा शिक्षाबारे सोच्ने को त ? केन्द«ले ? प्रस्तावित प्रान्तले ? स्वघोषित प्रान्तले ? तत् तत् प्रान्तका जात–जातीय र भाषिकवर्गले ? अरुले सोचिदिए आन्तरिक उपनिवेश हुन्छ कि ? भाषिक उपनिवेश हुन्छ कि ? ती प्रश्नहरुको जवाफ राजनीतिज्ञसँग छैन । जात–जातीय र भाषिक राज्यका उपाशाहरुसँग छैन । यस स्थितिमा शिक्षाको संरचना के हुने ? पाठ्यक्रम के हुने ? मूल्यांकन के हुने ? प्रश्नहरु कालो ध्वान्द«ो (दबिअप जयभि) का नकारात्मक (लभनबतष्खभ भलभचनथ) शक्ति झै छन् । बाहिर आउने । टिक्न नसक्ने । देख्न नसकिने ।
कस्तो संघीयतामा शिक्षा भन्ने कुराले पनि अर्थ राख्छ । युथोपियाको जस्तो विकेन्दि«त डिजाइन र केन्दि«त निर्णय गरिने खाले ? अष्ट्रेलियाको जस्तो केन्द«मा शिक्षामन्त्री नै नहुने खाले ? क्यानडामा जस्तो प्रान्तले आफनो निर्णय आफै गर्ने खाले ? अर्जेन्टिनामा जस्तो एक प्रान्तले अर्कोलाई नसघाँउने खाले ? भारतमा जस्तो प्रान्तीय सरकारलाई केन्द«ले भंग गर्न सक्ने खाले ? स्वीट्जरलैण्ड जस्तो काउण्टीले जे गर्छ स्वीकार्ने खाले ? कस्तो संघीयता सोचेर शिक्षाको संरचना बनाउँने ? पठनपाठनको शैली तोक्ने ? यति हुँदाहुँदै पनि मैले संघीयतालाई समष्टिमा बुझ्न खोजें । बुद्धिको संघीयता । दृष्टिकोणको संघीयता । जिम्वेवारीको संघीयता । न्यूनतम साझेदारीको संघीयता । त्यसैमा शिक्षाको सोच बनाँए ।
संघीयताले खोजेको बुद्धि
धार्मिक एवं साँस्कृतिक चिन्तनले हामीलाई संज्ञानवादी (अयनलष्तष्खष्कत) सोच दियो । दिमागी सोच । व्रह्म मान्ने । यो सोचले हामीलाई ज्ञानको भोको बनायो । व्रह्म बुझ्ने ज्ञान । व्यवहारवादी चिन्तनले हामीलाई प्रयोजनवादी (उचबनmबतष्कत) बन्ने सोच दियो । आदर्श अनुकुलको व्यवहार गर्ने । व्यवहारोपयोगी शिक्षा दिने । समालोचनावादी चिन्तन (अचष्तष्अब ितजष्लपष्लन) ले हामीलाई गरीवमुखी सोच दियो । गरीवको शिक्षा खोज्ने । गरीवलाई शिक्षा खोज्ने । यी र यस्ता सोचमा हामी एकलव्य भयौं । संज्ञानवादीले व्यवहारवादीको कुरा नकार्ने । व्यवहारवादीले समालोचनावादीका कुरा नकार्ने । यी नकारहरुको रुपान्तरण संघीय नेपालको पहिलो क्षेत्र हो । यो क्षेत्रको वैचारिक वदलावले संघीय राज्यका घरघरमा पुग्ने सोपान बन्छ । संज्ञानबाट शुरु गरेर समालोचनावादीको चिन्तनमा पुग्ने । समालोचनावादीबाट शुरु गरेर संज्ञानवादीमा पुग्ने । व्यवहारवादीबाट थालेर जता गए पनि हुने । यो प्रक्रियाको थालनीले हामीलाई रटवादीबाट (मयनmबतष्कm) झिक्छ । यस्तो झिकाइले संज्ञानवादीमा वैज्ञानिकता खोज्छ । प्रयोजनवादीमा जनवाद खोज्छ । समालोचनावादीमा संज्ञान खोज्छ । त्यसोगर्दा व्यक्तिले व्रह्मवेत्ताको विज्ञानमा स्टिफिन हकिन्छ खोज्छ । उनकै सबै चीजको सिद्धान्त (तजभयचथ या भखभचथतजष्लन) । आइन्स्टाइनको सापेक्षवादमा कपिलमुनिको साँख्यदर्शन खोज्छ । बुद्धको प्रत्युत्तसमपाद (मभउभलमभलत अय(बचष्कष्लन) खोज्छ । त्यसो गर्दा चिन्तकहरु सामन्ती हुदैनन् । पक्षीय ज्ञाता हुन्छन् । कार्लमार्कस जस्ता । अर्थशास्त्र जान्ने । मानवशास्त्र नबुझ्ने । माओजस्ता हुन्छन् । संघर्ष जान्ने । संझौता र उपेक्षामा पनि संघर्ष जत्तिकै तागत हुन्छ भन्ने नबुझ्ने । यसरी एक अर्काका चिन्तनमा दरार खोज्न सक्ने । विचार जोड्न सक्ने । तर धारे हात नलाउने । मार्कसजस्ता । हेगेललाई सम्मान गर्ने । उल्टाउँन पनि जान्ने ।
बदलावको दोश्रो क्षेत्र राजनीतिक दृष्टिकोण हो । दलीय दृष्टिकोण । गेडो एउटै । अथ्र्याइ भिन्नै । सबैका लागि शिक्षा । पञ्चायतकालीन नारा हो । कार्यक्रम हो । यो नारामा के खराबी छ र ? साम्यवादीले भन्दा पनि त्यही होइन र ? प्रजातन्त्रवादीले भन्दा पनि उही कुरा हैन र ? फरक मार्कस र माक्र्सवादीको जस्तो गरे हुन्न र ? मार्कसले अर्थ निर्णायक ठाने । हाँवरमास जस्ता मार्कसवादीले सम्बन्ध निर्णायक माने । गिड्डन जस्ताले अन्तरक्रिया प्रमुख देखे । यस्तो बुद्धि राजनीतिक दलमा ल्याउँनु संघीयताको अर्को क्षेत्र हो । यस्तो बदलावले राजनीतिक दलको शव्दमोह हराउँछ । पञ्चायले शव्द दियो ¬– सबैको निम्ति शिक्षा । साम्यवादीले त्यसमा घरका सबैले शिक्षा पाउने मेडिया जोड्ने बुद्धि दिऔं । प्रजातन्त्रवादीले त्यसमा रुची अनुसारका सामग्री उपलव्ध गराउँने संयन्त्र जोडौं । मधेसवादी दलले विपन्न मधेसीका बुद्धि भित्रयाँउने खाका दिऔं । शिक्षाको नाम पछि जोडौला । प्रसाम शिक्षा । प्रजातन्त्रवादी, साम्यवादी, मधेसवादी । प्रसामलाई उल्टाए हुन्छ । मसाप्र । सामप्र । यस्तो तरिकाले संघीयता सबैको बन्छ ।
बदलिनुपर्ने अर्को क्षेत्र संरचना सम्बन्धी सोच हो । अहिले कर्मचारीतन्त्रले विद्यालय चलाउँछ । त्यसैको मात्रै एकल “सो” छ । अरु गफाडी हुन् । राजनीतिक दल गफाडी । स्थानीय सरकार गफाडी । स्थानीय प्राज्ञ गफाडी । अब रुपान्तरित हुनुपर्ने हामी गफाडीहरु हौं । पञ्चायतकालीन स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले बालशिक्षा (भबचथि अजष्मिजययम मभखभयिऊभलत) को जिम्मेवारी स्थानीय सरकारलाई दियो । स्कूलहरु कर्मचारीतन्त्रले लियो । अब रुपान्तरित हुने जिम्मा कसको ? हुँदा शिक्षाको जिम्मा कसले लिने (बअअयगलतबदभि दगत लयत चभकउयलकष्दभि) ? फ्रान्समा जस्तो नगरपालिकाले ? चीन र डेनमार्कको जस्तो काउण्टीले (अयगलतथ) ? अमेरिकाको जस्तो निर्वाचित परिषदले ? बेलायतको जस्तो शक्ति सम्पन्न कर्मचारीतन्त्र र विज्ञ प्रतिनिधिले ? अथवा अहिलेकै नेपालको जस्ता कर्मचारीतन्त्रले ? अहिलेको बकबके बोली “सरकार जिम्मेवार हुनुपर्छ” मात्रै भनेर पुग्दैन । किटानी सरकार चाहिन्छ । काम गरे नाम लिने सरकार । नगरे लात खान राजी हुने सरकार । यस्तो चिन्तनले विचारहरुको पनि संघीयता हुन्छ । वैचारिक संघीयता ।
बदलावको चौथो क्षेत्र हो निजी क्षेत्रको उपस्थिति । निजी के हो ? उदारवादीले भने जस्तो विकासको चावी ? अमेरिकाले त्यसै ग–यो । चीनको जस्तो आवश्यक तर नियन्त्रण एवं नियमन गर्नुपर्ने सँस्था ? बुद्धि त्यही चाहियो । तर मस्यौदा संविधानले भनिदियो – शिक्षा दिने काम धार्मिक सँस्थाले गर्छ । निजीले गर्छ । सरकारीले गर्छ । त्यसमा सबै राजनीतिक दलले सहमति ग–यौं । तैपनि बाहिर आ–आफ्नो डम्फू बजाइरहयौं । यसो हो भने स्कूल नक्सांकन कस्को काम हो ? कहाँ निजी राख्ने ? कहाँ सरकारी राख्ने ? कहाँ धार्मिक स्कूललाई बस्न दिने ? कहाँ गुठीलाई स्कूल चलाउँन दिने ? कहाँ तालिम केन्द« राख्ने ? कहाँ कलेज खोल्ने ? कहाँ विश्वविद्यालय खोल्ने ? साम्यवादी देशले त्यसै गरे । पूँजीवादीले पनि सोही काम गरे । त्यो काम नगरेर हामीले जथाभावी स्कूल चलाउँन दियौं । बालविकास चलाउँन दियौं । स्कूल नक्सांकन गर्दा कुन राजनीतिक दललाई अप्ठेरो पर्ला र ? कर्मचारीतन्त्रले के नाइं भन्ला र ? यसो गरेमा संघीयता सबैको हुन्छ । अहिलेको जस्तो राजनीतिज्ञको मात्र हुन्न । पुरानो राज्यसीमा खोज्नेहरुको मात्रै हुन्न ।
बालबालिकालाई स्कूल ल्याँउने पुरानै वुद्धि हो । यो वुद्धि बदल्नु अर्को क्षेत्र हो । तथ्याँकले भनिदियो – स्कूल आउनेहरुमध्ये सत्तरी प्रतिशतले कक्षा दश पार गरेनन् । जात–जातीय र लैगिंक हिसाबले भन्ने हो भने हाम्रो शिक्षालय गरीवमुखी बनेन । गफ गरीवको । फाइदा धनीको । एकाघ अपवाद होलान् । त्यसैले हामीलाई समानान्तर स्कूल चाहियो । समकक्षी पनि हुने । समानान्तर पनि बन्ने । त्यस्ता स्कूलले विद्यार्थीको घरमै सेवा दिन्छ । सबैले स्वीकारे । पूर्व सरकारहरुले खुला मोडका शिक्षालयहरु पनि खोले । बीज भयो । तर त्यस्ता स्कूलहरु झयाँगिएनन् । मेडियासँग कार्यगत सहकार्य (यउभचबतष्यलब िअययउभचबतष्यल) पनि भएन । यस स्थितिमा सबैलाई स्कूलमै टिकाउने एउटा सोच हो । टिकेनन् । यथार्थ हो । विकल्प के त ? विकल्प हो – समानान्तर एवं समकक्षी शिक्षालय । स्कूल, कलेज, विश्वविद्यालय खोल्ने कस्ले त ? स्थानीय सरकारले ? विद्यमान स्कूलले ? कर्मचारीतन्त्रले ? स्थानीय वुद्धिजीवीले ? पढ्न चाहनेले ? संघीय राज्यले यस्ता कुराको सहमतिजन्य उत्तर खोज्छ ।
बदलावको पाँचौं क्षेत्र हो – शिक्षक पेशेवारको चिन्तन । मेरो पेशामा म पहिला शिक्षक हुँ भन्ने चिन्तन । अहिले यो चिन्तन म–यो । मारियो । त्यसैले शिक्षकहरु राजनीतिक दलका भातृसंगठन बन्यौं । विद्यार्थीले त्यसै ग–यौं । भातृ संगठन भए भातृसंगठनको नीति ख्वै लागु गरेको त ? माओवादी शिक्षकले ख्वै त स्कूलको रुपान्तरण गरेको ? काँग्रेसवादी शिक्षकले ख्वै त विद्यार्थीको व्यक्तिगत प्रतिभाको खेती गरेको ? मधेसवादी दलले ख्वै त क्षेत्रीय न्याय गर्ने शिक्षक, विद्यार्थी र कर्मचारी बनाएको ? यो यथार्थले भन्छ – हामी विल्लाधारी हौं । इमान्दार हैनौं । छैनौं । थिएनौं । ऐतिहासिक विश्लेषले भन्छ हुँदैनौं । त्यसो भए किन हामीले अन्तर शिक्षक एवं विद्यार्थी संगठनबाट सर्वस्वीकार्य शिक्षक नखोजेको ? पेशा पहिलो भन्ने शिक्षक एवं विद्यार्थी । चीनको शिक्षकजस्तो – साम्यवादी दलको शैक्षिक आदर्श स्थापित गर्ने । बेलायतको जस्तो – आफ्नो पेशाको धर्म अनुसार काम गर्ने । यहीनेर संघीय राज्यले अविभाजित शिक्षक खोज्छ । विद्यार्थी खोज्छ । पेशेवार व्यक्तिहरु खोज्छ ।
बदलावको छैठौं क्षेत्र हो – पठनपाठनको शैली । शैली बदल्ने सोच बदल्नुपर्छ । “एकलव्य शिक्षक” समालोचनात्मक बन्न सक्तैन । चाँहदैन । त्यसैले शिक्षकलाई बहुलता स्वीकार्ने बनाउनुपर्छ । भाषिक बहुलता स्वीकार्दा एक अर्काको भाषा सिक्ने सिकाउँने । वैचारिक बहुलता स्वीकार्दा सबैको विचारमा विज्ञान खोज्ने । जनवाद खोज्ने । साँस्कृतिक बहुलता स्वीकार्दा एकअर्काको संस्कृतिमा रम्ने । रमाउँने । धार्मिक बहुलता स्वीकार्दा सबै धर्मको चूरो खोज्ने । मन्दिरमा बुद्ध, अल्लाह, क्राइष्ट र पारोहाङ्ग अटाउने । चर्चमा महादेव, लक्ष्मी, बुद्ध, अल्लाह जोडाउँन सक्ने । धर्ममा धनात्मक उर्जा (उयकष्तष्खभ भलभचनथ) छ भन्न जान्ने । भौतिक जगतमा ऋणात्मक उर्जा देख्न सक्ने । दुवै उर्जाहरु एक अर्काका पूरक हुन् भनी स्वीकार्ने । संघीय राज्यले यस्तै संघीय सोच खोज्छ । झण्डे सोच खोज्दैन ।
बदलावको सातौं क्षेत्र संघीयताको सीमांकन हो । अहिलेको सीमांकन जातमा गयो । जातीयतामा गयो । भाषामा गयो । भोलि धर्ममा जान्छ । पर्सी दक्षिणी सुडान बन्छ । बन्ने बीउ आज हालिदैछ । यो स्थितिमा संघीयताले खोजेको बुद्धि निष्पाप सीमांकन हो । लुम्बिनी क्षेत्र जस्तो । खप्तड क्षेत्र जस्तो । कर्णाली क्षेत्र जस्तो । सहलेस क्षेत्र जस्तो । जानकी क्षेत्र जस्तो । जात, जाति र भाषाभन्दा माथि उठेको । यस्तो सोच संघीयताले खोज्छ । गैरविखण्डनवादी सोच । राजनीतिज्ञले दिने शैक्षिक सन्देश ।
प्रस्तावित शैक्षिक व्यवस्था
विद्यालयको शिक्षा १२ वर्षे भयो । प्रस्तावित संविधानमा अनिवार्य शव्द प–यो । नागरिक हक बन्यो । उच्च शिक्षालाई देश विकासमा जोड्ने कुरा लेखियो । शिक्षालाई वैज्ञानिक र जनवादी बनाइँने भनियो । निजी शिक्षालयलाई स्वीकारियो । यो वैचारिक यथार्थता हो । यो यर्थाथतालाई व्यवहारमा उतार्न देहायको शैक्षिक व्यवस्था चाहिन्छ ।
ज्ञ। स्थानीय सरकारको नेतृत्वमा सशक्त शिक्षा बोर्डको गठन गरौं । यो बोर्डले बालविकास, विद्यालय, गरिखाने तालिम केन्द«, क्याम्पस र विश्वविद्यालयको नक्सांकन गर्ने काम गरोस् । स्थानीय तहमा । अन्तर स्थानीय सरकारको तहमा ।
द्द। बोर्डलाई सघाँउन स्थानीय प्राज्ञ र रोष्टरका प्रान्तीय तथा राष्ट्रिय विज्ञको सहयोग लिने तथा दिने प्रवन्ध गरौं । यो विज्ञ टोलीको काम निरन्तर अनुसन्धान र प्राविधिक सहयोगमा मात्रै सीमित गरौं । गुणस्तर कायम गर्नमा । परीक्षा मर्यादित गर्नमा । अन्तर शिक्षालयको समकक्षी क्षमता सुनिश्चित गर्नमा । स्थानीय पाठ्यक्रम एवं पाठ्यसामग्री बनाउँनमा । जनज्ञानको खोजी गर्नमा । खोजिएको ज्ञान शिक्षालयमा पु–याउँने काममा ।
घ। शिक्षक, विद्यार्थी र कर्मचारीलाई स्वयं जवाफदेही बन्ने बनाउँने व्यवस्था बनाऔं । अनुगमन गर्ने पुलिसिंग (उयष्अिष्लन) बुद्धि झिकौं । काम नगरी नखाने शिक्षकको बुद्धि फेरौं । नपढी पास हुन चाहने विद्यार्थीको सोच फेरौं । स्वयं नियमित हुने शिक्षक, बनाऔं । कर्मचारी, विद्यार्थी बनाऔं ।
द्ध। स्थानीय सरकारकै तहमा शिक्षक, विद्यार्थी र कर्मचारीको सञ्जालीकरण गरौं । क्लवस्वरुपी सञ्जालीकरण । जुन राजनीतिकि दलको भए पनि सञ्जालमा आउँने । विचार निकाल्ने । बनाउने । नयाँ सोच लिएर जाने । दिएर जाने । यसरी निस्केका विचारहरु परिक्षण गरौं । क्याम्पस, विश्वविद्यालय र गरिखाने तालिम केन्द«को हकमा छिमेकी सरकारसँग सञ्जालीकरण गरौं । चिनीयाहरुको जेब्रा र गधाको नीति जस्तो । जेब्रा नयाँ परीक्षण हो । गधा पुरानो सोचको निरन्तरता । दुवै परीक्षण गरौं । राम्रो स्वीकारौं ।
छ। खुला शिक्षालाई सबैको र सधैको बनाउँने नीति लिऔं । यो नीति अन्तर्गत शिक्षालय क्षेत्रमा सूचनात्मक सन्देश दिऔं । निरक्षरता उन्मुलन गरौं । साक्षरोत्तर र निरन्तर शिक्षा सुनिश्चित गरौं । दलीय सूचना दिए – सबै दलको । प्राविधिक सूचना दिए सबै फाँटको । धार्मिक सूचना दिए सबै धर्मावलम्बीको । यसका लागि मेडियासँग स्थानीय सरकारले सहकार्य गर्ने नीति अवलम्बन गरौं ।
ट। जनबुद्धि बटुल्ने र तिनको आधुनिकीकरण गर्ने काममा शिक्षालयलाई क्रियाशील बनाऔं । चिनीया बोलीमा उल्टो क्रम (चभखभचकभ यचमभच) । जनता जान्दैनन् भन्ने आजको बुद्धि उल्टो पारौं । उनी जान्दछन् । हामी पनि जान्दछौं । अर्थात् मौरी बनौं । बनाऔं । फूल बनाउँन नजान्नेले रस बनाउँने । सबै रस मिलाएर मह बनाउँन जान्ने ।
माथिका ६ वटा बुद्धिले स्थानीय सरकारलाई क्रियाशील बनाउँछ । शिक्षाको गुणस्तरमा स्थानीय चासो हुन्छ । त्यहाँको र प्रान्त तथा केन्द«का विज्ञको बुद्धिले शिक्षामा प्राविधिक सेवा सुनिश्चित गर्छ । राजनीतिक शव्दावलीमै रंगमंगिएको शिक्षक, विद्यार्थी, दलीय प्रान्त, र अभिभावकलाई चिनीया बुद्धिको “जेब्रा गाँउ” (शभदचब खष्ििबनभ) बनाँउने परिवेश दिन्छ । कतै निजीको सहयोगमा शिक्षालय । कतै साझेदारीमा शिक्षालय । कतै सरकारी शिक्षालय । ती सबैको प्रतियोगिता । राम्रोको टिकांउ । नराम्रोको परिवर्तन । यसोगर्दा स्थानीय विचार टयांकी (यिअब ितजष्लप तबलप) ले शिक्षामा जिम्मेवारी सुनिश्चित गर्दछ ।
शिक्षण शैली बदल्दा अहिलेका शैक्षिक समस्याहरु सल्टिन्छन् । मिसेल फूकोले भनेझैं पढाँउदा तीन कुरा नछाडौं । पहिलो व्यक्ति (कभाि) । दोश्रो, इतिहास (नभलभययिनथ) । तेश्रो अध्ययन सामग्री (बचतषबअतक) । अर्थात् पढाँउने व्यक्तिको अनुभव खोज्नैपर्ने । दर्शन पढाए व्यक्तिको दर्शन खोज्ने । गणित पढाए उस्कै गणितीय शैली खोज्ने । किन त्यसो भन्यौं भनेर उसैसँग इतिहास खोज्ने । नभए खोजाउँन परियोजना (उचयवभअत धयचप) दिने । अनि कुन किताबले के भन्छ त ? कुन लेखले के नयाँपन दियो त ? त्यो कुरा सोध्ने । त्यसमा मैले थप्ने कुरा हो – घोत्ल्याइँ । पुख्र्यौली गणित र युक्लिड गणितको बीचको सम्बन्ध के रहेछ भनी घोत्लिने । मार्कसको बुद्धिमा के झिके माओको बुद्धि बन्छ ? माओको बुद्धिमा के जोडे मेरो बुद्धि बन्छ ? यीभन्दा भिन्न बुद्धि बनाउँन सकिन्छ कि त ? यस्तो खाले घोत्ल्याइँ । यो घोत्ल्याइँ सबै कक्षाको पढाइमा लागु गरौं । क अक्षरबाट के के बन्ला ? एक कक्षालाई सोधे हुन्छ । अराजकवादी (बलबचअजष्कत), उदारवादी र साम्यवादीका तागतहरुको अन्तरसम्बन्धबाट कुन कुन सोच बनाउँन सकिएला ? एम.ए. वालालाई चुनौती गरे हुन्छ । यसोगर्दा शिक्षण शैली बदलिन्छ । त्यही बदलावसँगै विद्यार्थीको पढ्ने शैली पनि बदलिन्छ । शिक्षक एवं प्राध्यापकको प्रश्न बनाँउने, बुद्धि बदलिन्छ । अनि प्रश्नको स्वरुप हुन्छ – स्टिफेन हकिन्सको सबै चीजको सिद्धान्त र ओमकारीवादी पूर्खाको व्रह्मसत्यवादी चिन्तनमा साम्यता खोज । विभेद खोज । नवीन चिन्तन बनाउ । त्यो चिन्तनमा आफनो सन्दर्भ जोड् भनिदिए पुग्छ । त्यसो गर्दा विद्यार्थीले चोर्नुपर्दैन । शिक्षकले चोराउनु पर्दैन । गुणस्तर भएन भनेर चिच्याँउनु पर्दैन । विद्यार्थी पढ्दैनन् भन्नु पर्दैन । शिक्षक प्राध्यापक स्वयं तालिमप्राप्त हुन्छन । तिनले तालिम खानु पर्दैन ।
समकक्षता र सम शिक्षा
संघीय नेपालले सबैलाई शिक्षा दिनुपर्दछ । सबैको शिक्षा लिनुपर्दछ । यो लेनदेनको लागि आधुनिक प्रविधिको प्रयोग हुनुपर्दछ । स्कूलको तहमा इ–पाटीको प्रयोग । क्याम्पस तथा विश्वविद्यालयको तहमा अनिवार्य कम्प्यूटर ल्याव र इन्टरनेट सेवा । घरघरको तहमा अनिवार्य रेडियो, सामुदायिक टेलिभिजन, र सामुदायिक अनलाइन सेवा । टेलिफोनबाट । कम्प्यूटरबाट । यी प्रविधिहरुको प्रयोगले शिक्षा सबैमा पुग्छ । सबैको शिक्षा खोज्न सकिन्छ । दोहोरो अन्तरक्रिया (ष्लतभचबअतष्खभ) कार्यक्रमबाट प्रत्येक प्रान्तले यो व्यवस्था गर्नुपर्छ । यसरी औपचारिक एवं अनौपचारिक तरीकाबाट आर्जित ज्ञानलाई समकक्षता दिने दुईवटा बाटा छन् । पहिलो औपचारिक शिक्षालयमै जाँच लिने । दोश्रो अनौपचारिकको समकक्षी बोर्ड बनाउँने । प्रत्येक प्रान्तमा बोर्ड । अन्तरप्रान्तीय समकक्षता एवं श्रेष्ठताका लागि आपसी होड ।
अनिवार्य संरचना
प्रस्तवित प्रत्येक प्रान्तमा बालविकास कार्यक्रम छन् । स्कूल छन् । कलेज र विश्वविद्यालय भन्न सकिन्न । समकक्षी शिक्षालयको पनि त्यही हाल छ । यस स्थितिमा प्रत्येक प्रान्तमा अनिवार्य कलेज, अनिवार्य विश्वविद्यालय र अनिवार्य समकक्षी शिक्षालय (रहरको पढाइका लागि, जानकारीका लागि, समकक्षी विद्यालयदेखि विश्वविद्यालयको शिक्षासम्मका लागि) चाहिन्छ । त्यसका लागि सहज उपायहरु छन् । भएकालाई जोड्ने । जस्तो कलेजहरु छन् । तिनलाई जोडौं – विश्वविद्यालय बनाऔं । एकल कलेज छ भने विज्ञताको केन्द« (अभलतभच या भहअभििभलअभ) बनाऔं । त्यही पी.एच.डी. सम्म गर्न पाउने व्यवस्थाको । यस्ता संरचनाका शिक्षक विद्यार्थी र कर्मचारीको चासो सुन्नुपर्छ । संगठित चासो । त्यो पनि सजिलो छ । पेशेवार बनाए उनीहरु आफै बुझ्छन् । राजनीतिक दलका हुँदा तिनका मातृसंगठनले स्वीकारे त्यसै स्वीकार्छन् । खालि समस्या हो – सेवा सुविधाको सुनिश्चितता । निजी शिक्षक, कर्मचारी र विद्यार्थीलाई सरकारीले स्वीकार्ने । सरकारीलाई निजीले स्वीकार्ने । दोहोरो व्यवस्था गर्न सकिन्छ । यसोगर्दा अनुवन्ध प्रणाली (अयलतचबअत) लागु गरे हुन्छ । निजीका शिक्षक सरकारीमा अनुबन्धित । सरकारीका शिक्षक निजीमा अनुबन्धित । न्यूनतम सुविधा भने तोक्नुपर्छ ।
प्रत्येक प्रान्तमा रोजगार तालिम केन्द«हरु खोल्नुपर्छ । स्कूल नजिक । क्याम्पस नजिक । विश्वविद्यालय नजिक । त्यही सुनिश्चित कोष खडा गर्नुपर्छ । कोषले खोजेको क्षमता के ? त्यो कुरा प्रत्येक शिक्षालयमा पु–याउँनु पर्छ । प्रत्येक शिक्षालयका शिक्षार्थीको स्वरोजगारी, समूह रोजगारी र सहकारी रोजगारीका योजनाहरु कोषले थाहा पाउनुपर्छ । यस्ता सोचको कार्यान्वयन गर्ने तरीकाहरु गरिखाने तालिम केन्द«ले दिनुपर्छ । शिक्षालयहरुले गराउँनुपर्छ । शिक्षार्थीकै सोच खोज्नुपर्छ । कोषको रकम शिक्षार्थीकै शुल्कमा जोडे हुन्छ । अनिवार्य रोजगारी शुल्कको रुपमा ।
शिक्षाको लगानी कस्ले गर्ने ? पाकिस्तानको बेलुचिस्तान र चाडका सामुदायिक विद्यालयको डिजाइनले हामीलाई बुद्धि दिन्छ । घरपिच्छेको लेभी लिने डिजाइन । करको रुपमा । लेभीको रुपमा । दानको रुपमा (मुस्लिमको जकात जस्तो) । घरका सदस्यलाई आधार बनाउँने । दशजना भए महिनामा रु १० । यो बुद्धिले स्थानीय सरकारकै तहमा रकम जम्मा हुन्छ । प्रान्तीय तहमा हिसाब बस्छ । स्थानीय सरकारले आर्जेको यो रकम अपुग हुँदा प्रान्तीय र केन्दि«य सरकारले दिने नीति तय गर्नुपर्छ ।
अठोटको खाँचो
हामीले शुभेच्छा दिइसक्यौं । शाव्दिक शुभेच्छा । शिक्षा जनवादी बनोस् । व्यावहारिक बनोस् । वैज्ञानिक बनोस् । रोजगारोन्मुख बनोस् । घरमा पनि काम लागोस्, अन्तराष्ट्रिय प्रतिस्पर्धी पनि होस् । जात, जाती, भाषा, धर्म, संस्कृति र भूगोलमा गर्व पनि गरोस् । त्यसैमा नलडोस् । यी “शुभेच्छा” हरुले अठोट खोजे । पहिलो अठोट हो राजनीतिक दलिय आग्रह उजित्याउनु (चभअजबचनभ) । दोश्रो अठोट हो – “जेब्रा र गधा” को एकसाथ परीक्षण गर्नु । तेश्रो अठोट हो – शिक्षक, विद्यार्थी, कर्मचारीलाई दलीय आग्रहका भुत्ते हतियारभन्दा माथि उठ्न अभिप्रेरित गर्नु । तिनलाई पेशा पहिलो भन्ने दीक्षा दिनु । शिक्षाले पुगेन । चौथो अठोट हो – सेवालाई पहिलो ठान्नु । जात, जातीय र भाषिक राज्यहरुलाई भूगोलविहीन साँस्कृतिक राज्यको रुपमा स्वीकार्नु । लैगिंक राज्यको स्वीकारोक्ति जस्तो । घरमै त्रिलिंगी छन् । तिनको छुट्टै भूगोल छैन । तर संस्कृति छ । पाँचौं अठोट हो – सबैलाई शिक्षा दिने र सबैको शिक्षा लिने दोहोरो संयन्त्रको अवलम्बन गर्नु । आधुनिक प्रविधिलाई यसको अभिन्न अंग बनाउनु । छैठौं अठोट हो – चीनले आर्थिक विकासका लागि अपनाएको कन्फुसियस, परंपरागत बुद्धि, माओको न्याय प्रणाली र पूजीवादीको उदार अर्थतन्त्र जोडेझैं गरी प्रत्येक तहको शिक्षालयमा अध्ययन अध्यापन गर्नु । सातौं अठोट हो – राम्रो मान्छे खोजौं । हाम्रो मान्छेले हाम्रै बदनामी ग–यो भन्ने कुरा स्वीकार्नु र तदनुकुल काम गर्नु । आठौं अठोट हो – भाषा साझा हो भन्ने बुद्धि स्थापित गर्नु । यसका लागि भाषिक सहअस्तित्वको नीति अवलम्बन गर्नु । एकअर्काको भाषा सिक्नु । तिनको उन्नति गर्नु । नवौं अठोट हो – केन्द«ीय नेतृत्व व्यवस्थापक हो भन्ने कुरालाई सार्वजनिक बनाउनु । अहिले निर्णायक बन्न पुगेको छ । निर्णय स्थानीय सरकार र प्रान्तीय सरकारमा होइन । दशौं अठोट हो – पढ्ने पढाँउने सँस्कार बदल्नु । पढ्दा प्रश्न गर्ने तरीका । पढाँउदा अन्तरसम्बन्ध खोजाँउने तरीका । अक्षर लेख्दा अक्षरको इतिहास बुझौं । विभिन्न भाषाका अक्षर । अक्षरान्तर गर्ने तरीका खोजौं । नवीन उपाय बनाऔं । विचारान्तणमा पनि त्यही कुरा लागु गरौं ।
नोट – चीनको उदाहरणको श्रोत हो – मार्क लियोनार्ड (सन् २००८) को ध्जबत मयभक ऋजष्लब त्जष्लप भन्ने पुस्तक
प्रतिक्रिया