विद्यालयमा विभिन्न नाममा संकलन गरिने रकमको सदुपयोग हुन्छ कि हुन्न ? यो विषय अहिले पनि खोजकै विषय बनेको छ । विद्यालयले उठाउनले गरेका रकमको पारदर्शीता अझ पनि हुन सकेको छैन । के गरी उठाउँछन्, शुल्क अनि त्यो शुल्क केमा खर्च हुन्छ ? थाहा नभइरहेको बेला बैद्यनाथ ठाकुरलिखित ‘शैक्षिक भ्रमण’ लघुकथालाई हामीले साताको शिक्षामा समेटेका छौं ।
परीक्षाभरि सबै शिक्षक स्टाफलाई प्रत्येक दिन चिया र बिस्कुट दिनुस् है लेखापाल जी । यसपाली गर्मी बिदामा बाह्र/पन्ध्रदिन भारतमा शैक्षिक भ्रमण पनि जानु छ । ट्रेनको टिकट रिजर्भेसनको लागि नागरिकतापनि लि राख्नुस् ।
लेखापालले प्रधानाध्यापकको कानमा खुसुक्क भने, ‘अस्ति कक्षा दसको विद्यार्थीले शैक्षिक भ्रमणको कुरा गर्दा बजेट छैन भनेर गाली गरी धपाउनु भयो अनि पछि बबाल हुँदैन ?’
प्रधानाध्यापकले लेखापाललाई सम्झाए, ‘विद्यार्थीलाई पो गाली गरे को त । शिक्षकलाई मिलाएर राख्नु परेन । हामीले लिने गरेका भर्ना शुल्क, कक्षा शुल्क, बिजुली शुल्क, खेलकुद शुल्क, बिकास शुल्क, परीक्षा शुल्क आदि सबै गैरकानुनी हो । त्यसमाथि झन् विद्यालय सुधार योजनाको पैसा, छात्रवृत्तिको पैसा र पुस्तकको पैसा तथा परीक्षाको पैसा सबै आवश्यकता भन्दा दस दोब्बर खर्च भएको बिल बनाएर फरछ्यौट गर्ने गरेको कुरा सबै शिक्षकलाई थाहा छ ।
हामीले जाबो टुरपनि लगेनौ भने भोलि अख्तियारको फन्दामा पारिदिन्छन् । अनि अख्तियारको तारिख र चक्कर काट्नु तथा उनीहरुलाई रकम दिएर फाइल बन्द गराउनु भन्दा आफ्नै शिक्षक स्टाफमा खर्च गरेको कस्तो राम्रो काइदा । सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने ।
अब बुझ्नु भो त ???
प्रतिक्रिया