Edukhabar
मंगलबार, ११ मंसिर २०८१
गतिविधि

कक्षा ५ का छात्रलाई संगीत पुरस्कार

बुधबार, २८ असार २०७४

काठमाडौं - स्व. दुर्गाबाबु पाठक स्मृति संगित पुरस्कार सशस्त्र प्रहरी स्कुलको कक्षा ५ मा अध्ययनरत छात्र आशिष रोकायालाई प्रदान गरिएको छ । सुर्खेतका रोकाय गत जेठमा भएको प्रतिस्पर्धामा उत्कृष्ट भएका थिए ।  

सशस्त्र प्रहरी स्कुलमा अध्ययनरत गीत संगीतमा अब्लल छात्र छात्रालाई पुरस्कार दिने गरी गत बर्ष उक्त पुरस्कार स्थापना गरिएको हो । विद्यालयमा हुने प्रतियोगितामा प्रथम हुने एक जना विद्यार्थीलाई उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष पुरस्कृत गरिदैं आएको छ ।

सशस्त्र प्रहरी निरीक्षक स्व. पाठकको सम्झनामा उनकै व्याचका सहकर्मीको पहलमा एक लाख ५० हजार रुपैयाँको कोष स्थापना गरिएको थियो । सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवको अवसर पारेर बुधबार सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा भएको एक कार्यक्रममा संघकी अध्यक्ष सरिता श्रेष्ठले उक्त पुरस्कार प्रदान गरिन् ।

२०७२ चैत्र २७ गते धादिङ्को मलेखुमा सडक दुर्गघटना परी निधन भएका पाठक गीत संगीतमा समेत कृयाशिल थिए । उनका पंक्षि र निन्द्रा लाग्दैन गरी २ वटा एल्वम प्रकाशित छन् । गीत रचना गर्ने, आफै संगीत भर्ने र आफै गाउने क्षमता समेत भएका आफ्ना साथीको सम्झना तथा उनको सांगीतिक प्रतिभालाई अमर राख्नको लागि सो अक्षयकोषको स्थपाना गरिएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताए ।

आफ्ना साथीको सम्मानमा पुरस्कार स्थापना गर्न सहयोग गरे वापत उक्त ब्याचलाई महिला संघको तर्फबाट प्रशंसापत्र समेत प्रदान गरियो । महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उक्त प्रशंसापत्र तथा मायाको चिनो उक्त ब्याचका तर्फबाट प्रहरी निरीक्षक थापालाई प्रदान गरेका थिए ।

प्रतिक्रिया