Edukhabar
मंगलबार, ११ मंसिर २०८१
गतिविधि

६ सय ५ विद्यार्थी सम्मानित

शनिबार, १७ असार २०७४

भक्तपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन) भक्तपुरले जिल्लाका ६ सय ५ विद्यार्थीलाई सम्मान गरेको छ ।

एनप्याब्सन भक्तपुरले शनिबार आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीलाई गरेको बधाई कार्यक्रममा अवसरमा भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत ६ सय ५ विद्यार्थी सम्मानित भएका हुन् ।
एनप्याब्सनले २०७२ र २०७३ सालमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० उत्तीर्ण हुन सफल तथा सो परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थीलाई सम्मान गरेको हो । कार्यक्रममा एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीलाई सम्मान गर्दै विद्यार्थीलाई सही मार्गमा हिँड्न अनुरोध गरे ।

उनले सरकारको गलत नीतिका कारण एउटै देशका विद्यार्थीमाथि पनि विभेद भइरहेको उल्लेख गर्दै विभेद्का बीच पनि आफ्नो लक्ष्य हासिल गरेर देशको लागि काम गनुपर्ने अहिलेको आवश्यकता औंल्याए । सो अवसरमा उनले एसईई उत्तीर्ण भैसकेपछि अझ नयाँ तरिकाको पढाइ सुरुवात भएकोले विषय तथा कक्षा ११ पढाइ हुने विद्यालय रोज्दा अभिभावक र विद्यार्थी दुबैले ध्यान पुर्याउनुपर्ने बताए ।

कार्यक्रममा एनप्याब्सन भक्तपुरका सल्लाहकार राजेन्द्र कोजू, एमनेष्टी इन्टरनेशनलका विक्रम ढुकुछु, संस्थागत विद्यालय संघ नेपाल भक्तपुरका अध्यक्ष पुरुषोत्तम ग्वाछा, मोर्डन माविका प्रअ अनिल कसपाललगायतले विद्यार्थीहरुका लागि मार्गनिर्देशनको कामको आवश्यकता औंल्याउँदै चञ्चल विद्यार्थी सचेत नहुँदा जीवनभर पुछताउनुपर्ने आवश्यकताबारे चर्चा गरेका थिए ।

कार्यक्रम आयोजक समितिका अध्यक्ष जीबी खड्काको सभापतित्वमा भएको थियो । सो अवसरमा एसईई परीक्षाअन्तर्गत २०७२ सालमा एनप्याब्सन भक्तपुरमा संलग्न विद्यालयमध्ये २०७२ मा डेमोस स्कुलबाट छात्रतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल हिमाल थिङ र छात्रातर्फ पारागन एकेडेमीका सुस्मिता तामाङरबिपना ओझा खत्री, २०७३ मा छात्रतर्फ पारागनका प्रवीण थापामगर र छात्रातर्फ बिमल मेमोरियल स्कुलकी अनुजा राउत र एपेक्स स्कुलका अनुजा राउतलाई सम्मान गरिएको थियो ।

त्यस्तै कक्षा ८ को जिल्लास्तरीय परीक्षामा २०७२ मा प्रथम भएका इमेज स्कुलका रोशन त्वानाबासु, द्धितीय भएकी सम्झना ज्याख्व र तृतीय भएकी क्वालिटी स्कुलका मन्दिप बन र २०७३ मा प्रथम भएका सेकरिड हार्ट एकेडेमीका सुस्मिता मोक्तान, क्रियटिव एकेडेमीबाट द्धितीय भएका सुशील दुवाल र सेकरिड हार्टकै एलिना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । यसैगरी ३ दशमलब २ जीपीएभन्दा माथि ल्याएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

 

 

प्रतिक्रिया