Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमावि मध्यमाञ्चलको अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक

आइतबार, ०३ असोज २०७२

भक्तपुर ३ असोज / निम्न माध्यमिक तर्फ स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत मध्यमाञ्चलको अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत बुधबार देखि शुरु गरेको नतिजा सार्वजनिक गर्ने क्रममा आईतबार थप दुई विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजाका लागि यहाँ क्लिक गर्नुहोस् ।

संविधान जारी गर्ने दिनमा खुसीयाली मनाउन सार्वजनिक विदा दिईए पनि आयोगका कर्मचारी नतिजा सार्वजनिक गर्ने काममा ब्यस्त भए । बुधबार सम्ममा निमाविको सबै नतिजा सार्वजनिक गर्ने गरी विदाका दिनमा पनि काम गरेको प्रवक्ता सुदर्शनल मरहठ्ठाले बताए ।
आयोगले शनिबार मध्यमाञ्चल बाहेक सबै क्षेत्रको अँग्रेजी तथा सुदुर पश्चिमाञ्चलको नेपाली विषयको नतिजा सार्वजनिक गरेको थियो ।

निमावि अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक

सुदुर पश्चिमाञ्चलको अँग्रेजी विषयको नतिजा शुक्रबारै सार्वजनिक भएको थियो । गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा  मध्ये माविको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको  थियो । माविको नतिजा गत भदौ १६ गते बाट प्रकाशन शुरु भएको थियो ।

प्रतिक्रिया