Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नौ सय बालबालिका विद्यालय बाहिर 

मंगलबार, ३२ जेठ २०७३

काठमाडौँ, ३२ जेठ । सरकारले प्रत्येक बर्ष विद्यालय भर्ना कार्यक्रम चलाउँदै आएको छ । तर काभ्रेमा नौ सय बालबालिका अझै विद्यालय बाहिर छन् । त्यसरी विद्यालय बाहिर रहनेमा पहरी र हासु समुदायका बालबालिका धेरै छन् । 

दुर्गम क्षेत्रमा पहरी, दलित, विपन्न, लोपोन्मुख, सीमान्तृकत वर्गका बालबालिका विद्यालय बाहिर छन् । सन् २०१५ सम्ममा सबैका लागी निशुल्क र गुणस्तरीय शिक्षा घोषणा गरिए पनि २०१७ पुगिसक्दा पनि सीमान्कृत बालबालिका विद्यालय जादैनन् । यी बालबालिका श्रम गर्न जाने गरेका छन् । 

सीमान्कृत बालबालिका प्राय शौचालय तथा ढल सफा गर्ने, सुगुर बुगुरखोर सफा गर्ने, माछा मार्ने, बासको सामग्री बेच्ने जस्ता काम गर्दै आएका छन् ।  निम्न आयश्रमका कारण अभिभावकले उनीहरुलाई विद्यालयको साटो काम गर्न पठाउने गरेका छन् । 

प्रभावकारी भएन भर्ना अभियान 

७५ गाविस पाचँ नगरपालिका रहेको काभ्रेमा विद्यालय जाने उमेरका बालबालिकामध्ये २५ प्रतिशत विद्यालय पहुँचभन्दा  बाहिर रहेको राष्ट्रिय तथ्यांकले देखाएको छ । 

प्रत्येक बर्ष विद्यालय विद्यार्थी भर्ना अभियानअन्तर्गत जिल्ला शिक्षा कार्यालयबाट लाखौँ रकम खर्चिए पनि कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन नहुँदा बालबालिकाको भविष्य अन्योलग्रस्त हुदै गएको छ ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित) 

प्रतिक्रिया