Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

एसएलसी उत्तीर्णविहिन गाउँ

सोमबार, ३१ जेठ २०७३

काठमाडौँ, ३१ जेठ । अछामका सुगम गाविसमध्ये पर्ने जनालीकोट गाविस ६ मा घरघरमा एसएलसी उत्तीर्ण गरेका युवा छन् ।  १२ कक्षा उत्तीर्ण गर्नेको संख्या पनि गाउँमा प्रशस्तै छन् । १० जनाभन्दा बढी स्नातक उत्तीर्ण र एकजना स्नात्तकोत्तर उत्तीर्ण गरिसकेका छन् । भने केही स्नात्तकोत्तर अध्ययनरत छन् । 

उनीहरुमध्ये कोही सरकारी, कोही अन्तराष्ट्रिय, राष्ट्रिय तथा स्थानीय गैरसरकारी संघ संस्थामा जागिरे छन् भने कोही शिक्षण पेशामा आबद्ध छन् ।  केही गाउँमै व्यापार व्यवसाय गरिरहेका छन् भने कोही रोजगारीका क्रममा भारतलगायत तेश्रो मुलुक गएका छन् । जो जहाँ जहाँ छन् प्राय सबैले पढेलेखेका राम्रै काम पाइरहेका छन् । 

यो वडामा ३२ दलितको परिवार बसोबास छ । तर त्यही सुगमन गाविसको अर्को गाउँ वडा नम्बर ८ मा रहेको ४२ घर दलित बस्तीमा एसएलसी उत्तीर्ण गरेका एक जना पनि छैनन् । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया