Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

बसुन्धरामा कक्षा १० का विद्यार्थीले आत्महत्या गरे

सोमबार, ३१ जेठ २०७३

काठमाडौँ, ३१ जेठ । काठमाडौंको बसुन्धरास्थित एउटा निजी विद्यालयमा कक्षा १० मा अध्ययनरत एक किशोरले आत्महत्या गरेका छन्। नेपाल मोडल स्कूलका कक्षा १० का विद्यार्थी सुशान्त मैनालीले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

उनी १६ वर्षका थिए। विद्यालय होस्टलमा बस्दै आएका उनको शव एक तलामाथि रहेको विद्यालयको शौचालयमा झुन्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। केही वर्षदेखि होस्टेल बसेर पढ्दै आएका उनको स्थायी घर काभ्रे पाँचखाल रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।

आइतबार बिहान खाना खाने समयभन्दा अगाडि उनी शौचालय छिरेका थिए। खाना खाएर विद्यालय कक्षामा जाने नियमित समय रहँदै आएकोमा उनी शौचालयबाट ननिस्किएपछि सोधीखोजी भएको थियो। साथीहरुले शौचालय गएको देखेको बताएपछि त्यहाँ खोज्दा उनी झुन्डिएको अवस्थामा भेटिएका थिए।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया