Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विश्वविद्यालय बनाउने दाउ !

शनिबार, २९ जेठ २०७३

काठमाडौँ, २९ जेठ । पच्चीस एमाले सांसदसहित त्यही पार्टीका नेता–कार्यकर्ताको लगानीमा सञ्चालित नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेडले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिन अनेक प्रयास गर्यो । 

असफल भएपछि तत्कालिन मन्त्री खगराज अधिकारीको पहलमा तयार भएको विधेयकले उक्त सहकारीबाट सञ्चालित प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेजलाई विश्वविद्यालयस्तरमा रुपान्तरण गर्ने तयारी स्वरुप संसदको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितीले बिहीबार उपसमिती गठन गरेको छ । 

चिकित्सा शिक्षाको स्नातक (एमबिबिएस) कार्यक्रम सञ्चालनका लागी सम्बन्धन नपाएको मनमोहन मेमोरियल अस्पतालको मापदण्डसमेत मेडिकल कलेजका लागी उपयुक्त नभएको आईओम स्रोतले बताएको छ । 

यसअघि चिकित्सक के के ओली नेतृत्वको टोलीले अस्पताल निरिक्षणपछि सम्बन्धनको सिफारिस गरेपनि भौतिकलगायत अन्य पूर्वाधार नरहेको स्रोतले जनायो । 

बिहीबार गठित उपसमितीमा  एमालेका जयन्तीदेवी र गणेश गुरुङ तथा माओवादीका आशा कोइराला र धनीराम पौडेल छन् । यस्तै कांग्रेसका जीवन परियार र डा. गणेश मण्डल छन् भने नेमकिपाकी अनुराधा थापा छन् । 

मापदण्डअनुसार दक्ष चिकित्सक नरहेको लगायत कारण देखाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले लामो समयदेखि मनमोहनलाई सम्बन्धन दिन अस्वीकार गरेको थियो ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया