Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

एसएलसी ग्रेडिङ्को नतिजा एडु खबर र एडु नेपाल एपमा : नतिजा हेर्ने तरिका सहित

बुधबार, २६ जेठ २०७३

भक्तपुर - विगत बर्षहरुमा जस्तै यस बर्ष पनि एसएलसी नतिजा एडुखबरमा प्रकाशित हुने भएको छ । नतिजा विद्यार्थीले ग्रेड प्वाईण्ट एभरेज अर्थात् जीपिएका (GPA) आधारमा प्राप्त गर्न सक्ने छन् ।

नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण कार्यालय र एडुखबरको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडिया विच सम्झौता भएको हो । उक्त नतिजा एडुखबरकै एण्ड्रोईड एप एडु नेपाल मार्फन् पनि विद्यार्थीले थाह पाउन सक्छन् ।

यस बर्ष एसएलसीको नतिजा ग्रेडिङ्मा सार्वजनिक हुने भएकोले कसरी थाह पाउने भन्ने बारेमा विद्यार्थी र अभिभावकमा अन्यौल देखिन्छ ।

कसरी हेर्ने नतिजा ?

एडुखबरमा प्रकाशित हुने नतिजा हेर्न निकै सजिलो छ । साईटको अग्र भागमा नतिजा डिस्प्ले हुने ठाउँ बनाईने छ । जहाँ विद्यार्थीले आफ्नो नम्बर र अल्फावेट टाईप गर्नु पर्छ । नम्बर टाईप गरेपछि गेट रिजल्ट बटनमा क्लिक गर्नु पर्ने छ । त्यसपछि विद्यार्थीले नतिजा थाह पाउन सक्ने छन् ।

एडुखबरको एण्ड्रोईड एपबाट पनि विद्यार्थीले नतिजा थाह पाउन सक्नेछन् । यसका लागि सबै भन्दा पहिला उक्त एप डाउनलोड गर्नु पर्ने हुन्छ ।

edunepal एप्स सबै खाले एन्ड्रोइड मोबाइलमा डाउन लोड गर्न सकिन्छ । मोबाइलको प्ले स्टोरमा क्लिक गरेर edunepal टाइप गर्नु पर्ने छ । अरु एप्स सर्च गरेजस्तै यसलाई पनि सर्च गर्ने बित्तिकै देखिन्छ । एप्स डाउनलोड भएपछि त्यसमा क्लिक गरेर त्यस भित्रका सामग्री मध्ये रिजल्ट (Result) को सेगमेण्टमा क्लिक गर्नु पर्ने छ ।

अब, अनलाईनमै जस्तो विद्यार्थीले आफ्नो नम्बर र अल्फावेट टाईप गर्नु पर्छ । नम्बर टाईप गरेपछि गेट रिजल्ट बटनमा क्लिक गर्नु पर्ने छ । त्यसपछि विद्यार्थीले नतिजा थाह पाउन सक्ने छन् ।

नतिजा प्रकाशित हुँदा विद्यार्थीले ग्रेड प्वाईण्ट एभरेज अर्थात् जीपिएका आधारमा प्राप्त गर्न सक्ने छन् । सबै विषयमा विद्यार्थीले प्राप्त गरेको ग्रेडको औषतको  आधारमा विद्यार्थीको जीपिए निर्धारण हुन्छ । सबै विषयको जीपिए छुट्टा छुट्टै हुने छ ।

एडुखबर तथा यसको एप एडुनेपाल मार्फत् नतिजा थाह पाउँदा विद्यार्थीको जीपिए प्रकाशित हुने छ । डी र ई ग्रेड आउने २ वटा विषय सम्मका बारेमा नाम खुलाएरै विद्यार्थीले जानकारी पाउन सक्नेछन् । नतिजामा खाली अर्थात् नल आएमा त्यसको कारण खुलाईने छ । त्यसकै आधारमा विद्यार्थीले अब के पढ्ने भन्ने निर्धारण गर्न सक्ने छन् ।

हरेक विषयमा कति जीपिए प्राप्त भयो भन्ने जानकारीका लागि भने परीक्षा नियन्त्रण कार्यालयले जारी गर्ने मार्कसिट नै कुर्नु पर्ने हुन्छ ।

यदि एक वा २ विषयसम्म डी र ई ग्रेड आएको रहेछ भने विद्यार्थीले ग्रेड बृद्धिको अवसर स्वरुप पुन परीक्षा दिन सक्ने ब्यवस्था छ ।

३ भन्दा धेरै विषयमा डी र ई ग्रेड आएको वा जीपिए खाली आएको अवस्थामा यो बर्ष परीक्षा रद्ध भएको बुझ्नु पर्ने छ । यस्ता विद्यार्थीले आउँदो बर्षको परीक्षामा फेरी सहभागिता जनाउन सक्नेछन् ।

नतिजा प्रकाशन कहिले हुन्छ भन्ने बारेमा यो खबर पढ्नुहोस् : एसएलसीको नतिजा परीक्षा सकिएको ७० दिन भित्रै

प्रकाशित मिति २०७३ जेठ २६ गते

प्रतिक्रिया