Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

अपहरणमा विद्यार्थी नेता सहित १२ पक्राउ

बुधबार, २६ जेठ २०७३

काठमाडौँ, २६ जेठ । प्रहरीले वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न आरोपमा नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य वीरेन्द्र यादवसहित १२ जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले यादब सहित ८ जनालाई पक्राउ गरेको हो । भारतीय प्रहरीले ४ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैको नाम खुल्न सकेको छैन् ।

प्रहरीले महागढीमाई २ का यादव, पुष्करसिंह चौधुर, कवहीजब्दीका चञ्चल पाण्डे, तेलकुवाका जियालाल यादव र ब्रहम्पुरीका  जियालाल यादवसहित ८ लाई पक्राउ गरी थप अनुसन्धान थालेको जनाएको छ । ुनेपाल र भारतका आरोपीबीच गरिएको फोन ुकनेक्सनु को आधारमा घटनाको छानबिन भइरहेको छ,ु एक प्रहरी अधिकृतले भने । 

विद्यार्थी नेता यादव काँग्रेस जिल्ला कार्य समितिमा कोषाध्यक्षको प्रत्यासी थिए । उनलाई महागढीमाई नगरपालिकाबाटै पक्राउ गरिएको जनाइएको छ । उता भारतीय प्रहरीले रक्सौलका बब्लु पासवान, रञ्जन झा, वीजय महतो, र गुडु महतोलाई पक्राउ गरिसकेको सुरक्षा स्रोतले जनायो । १२ दिन अघि केडियालाई कलैया(महागढीमाईको सीमानामा रहेको बघवनस्थित पसाहा पुल छेउबाट अपहरण गरिएको थियो । 

बा४च ७२४० नम्बरको गाडीमा केडिया बरियारपुरबाट कलैया तर्फ आउँदै गर्दा अपहरणमा परेका थिए । गाडी चलाएका पर्सा विन्देवासिनीका श्यामउमेश साह कानुलाई अपहरणकारीले गोली हानेर केडियालाई अपहरण गरेका थिए । भारतीय बीआरपी ३२३९ नम्बरको स्कोर्पियोमा केडियालाई राखेर भारत पुर्याएका थिए । अपहरण भएको चार दिनमै विहारको मोतिहारीस्थित कोटवा पुलबाट उनलाई अपहरण मुक्त गरिएको थियो । 

नेविसंघ नेता यादवको मुख्य योजनामा अपहरण भएको सुरक्षा स्रोतको दाबी छ । केडियालाई अपहरणबाट जोगाउन नसकेको आरोपमा नेपाल प्रहरीका हवल्दारसहित चार र सशस्त्रका निरीक्षक गरी आठ जनालाई निलम्बन गरिएको छ । अपहरणकारीले केडियालाई स्कोर्पियो गाडीमा सोही चौकी हुँदै अपहरण गरी भागिरहेको अवस्थामा सशक्त ढंगले सुरक्षा कारबाही नगर्दा ती प्रहरीहरुलाई थप छानबिन गर्न निलम्बन गरिएको हो । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया