Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

एसएलसीको नतिजा परीक्षा सकिएको ७० दिन भित्रै

मंगलबार, २५ जेठ २०७३

भक्तपुर - यस बर्षको एसएलसी नतिजा परीक्षा सकिएको ७० दिन भित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसएलसी परीक्षा गत चैत २९ गते सकिएको थियो । यस अनुसार असार ६ गते ७० दिन हुन्छ । यस अघि परीक्षा सकिएको ७५ दिनमा भएको नतिजा सार्वजनिक नै सबै भन्दा छिटो भएकोले यस बर्ष ७० दिन भित्रै सार्वजनिक गर्ने गरी काम भैरहेको नियन्त्रक कृष्ण काप्रीले बताए ।

विद्यार्थी माझ कसरी सरल तरिकाले नतिजा पुर्याउन सकिन्छ भन्ने बारेमा नतिजा सार्वजनिक गर्ने सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुसंग भएको छलफलमा उनले यस्तो बताएका हुन् । यस बर्ष ग्रेडिङ्मा नतिजा प्रकाशित हुँदै छ ।

'जसरी हुन्छ विद्यार्थीले सरल तरिकाले नतिजा थाह पाउनु पर्यो' उनले भने, 'यसका लागि कार्यालय गम्भिर रहेको र त्यहि अनुसार प्राविधिक साथीहरु खटिईरहेका छन् ।'

प्रकाशित मिति २०७३ जेठ २५ गते

प्रतिक्रिया