Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

चर्को शुल्क, कमजोर पढाई

शनिबार, २२ जेठ २०७३

काठमाडौँ, २२ जेठ । ललितपुरको ग्रीनतारा नर्सिङ कलेजमा प्रमाणपत्र नर्सिङ पहिलो बर्षमा ४० जनाले परीक्षा दिएका थिए ।  सिटीईभिटी परीक्षा नियन्त्रण कार्यालयले एक साताअघि सार्वजनिक गरेको नतिजामा नौ जनामात्रै उत्तीर्ण भए । अरु सबै बेसिक साइन्स विषयमा अनुत्तीर्ण भए ।

यस्तै, चितवनकै ओसिस मेडिकल कलेजमा ३९ जनाले परीक्षा दिएकोमा पाचँ जना मात्रै उत्तीर्ण भए ।  प्रिन्सिपल शर्मिला गजमेरका अनुसार गत वर्ष एक जना मात्रै उत्तीर्ण भएको सो कलेजमा यो बर्ष केही सुधार आएको हो ।
चितवनको आशा मेडिकलमा४० जनाले परीक्षा दिएकोमा बेसिक साइन्समै २७ जना फेल भए । यही विषयमा बाँकेको वेस्टर्न अस्पतालमा ४० मध्ये ३५ जना अनुत्तीर्ण भए चितवनकै बालकुमारी कलेजमा पनि ४० मध्ये २० विद्यार्थी बेसिक साइन्समा अनुत्तीर्ण भएको कार्यालयले जनाएको छ ।

सिटीईभिटीका ९७  नर्सिङ कलेजमध्ये तीन वटाको मात्रै शतप्रतिशत नतिजा छ । त्यसमा तानसेन नर्सिङ स्कुल, नेपाली सेनाको इन्स्टिच्युट अफ हेल्थ साइन्स र वेस्टर्न एकेडेमी छन् ।  सिटीईभिटी परीक्षा नियन्त्रण कार्यालयका अनुसार ९७ नर्सिङ कलेजबाट ३ हजार ७ सय ९४ जनाले परीक्षा दिएकोमा ७५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए ।

सिटीईभिटीले लिएको प्रवेश परीक्षा हजारौलाई पछाडी पारेर उत्तीर्ण भएका नर्सिङ अध्ययन गरेका हुन्छन् ।

(कान्तिपुर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन् ।)

प्रतिक्रिया