Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

शिक्षक दरबन्दी मिलान हुन सकेन

शुक्रबार, २१ जेठ २०७३

काठमाडौँ, २१ जेठ । दाङमा झण्डै तीन बर्षदेखि शिक्षा समितीले पुर्णता पाउन सकेको छैन् । समितीले पूर्णता पाउन नसक्दा शिक्षक दरबन्दी प्रभावित बनेको छ ।  जिल्लाका १२ प्राथमिक विद्यालयमा एउटा पनि शिक्षकको दरबन्दी छैन् ।

१० निमाविमा पनि दरबन्दीका शिक्षक छैनन् भने २०६४ सालदेखि एसएलसीमा सहभागी बन्दै आएका मावि  विद्यालयमा पनि दरबन्दीको शिक्षक पठाउन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

१३ सदस्यीय शिक्षा समितीले तीन बर्षदेखि नै पुर्णता पाएको छैन् । तर शिक्षकका पेशागत संघ संगठनले प्रतिनीधि नपठाउदा समितीलाई पुर्णता दिन नसकेको कार्यालयले जनाएको छ ।

(हिमालय टाइम्स दैनिकमा प्रकाशित)

प्रतिक्रिया