Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

त्रिविले थाल्यो पुन:र्निर्माण

शुक्रबार, २१ जेठ २०७३

काठमाडौँ, २१ जेठ । भूकम्प गएको १४ महिनापछि त्रिभुवन विश्वविद्यालयले बल्ल पुनर्निर्माणको काम थालनी गर्ने भएको छ । त्रिविले यो महिनाको अन्त्यमा उपकुलपति  कार्यालय र त्रिवि प्रवेशद्धार बनाएर पुनर्निर्माण आरम्भ गर्ने भएको हो ।

भूकम्पबाट ध्वस्त भएका मुख्यालयसहित करिब ६० वटा निकाय, पाल प्रिफाइभ र सामान्य टालटुले रुपमा गुजारा चलाइरहेका बेला त्रिविले पुनर्निर्माण थालनी गर्न लागेको हो ।

त्रिविले पहिलो चरणमा उपकुलपति र रेक्टरको कार्यालय पुनर्निर्माण गर्नेछ । ३० बर्षदेखि त्रिविका तीन पदाधिकारी उपकुलपति, रेक्टर र रजिस्टार एउटै भवनमा बस्ने व्यवस्था भएकोमा अब भने छुट्टै भवन हुनेछ ।

(नेपाल समाचारपत्र दैनिकमा प्रकाशित)

प्रतिक्रिया