Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

एसएलसीमा साढे सात हजार अयोग्य

शुक्रबार, २१ जेठ २०७३

काठमाडौँ, २१ जेठ । गत बर्ष एसएलसी परीक्षाको आवेदन फारम भरेकामध्ये झण्डै साढे सात हजार विद्यार्थी अयोग्य रहेको पाइएको छ ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका कुल सात हजार चास सय विद्यार्थी अयोग्य भएको पाइएको हो ।

परीक्षा नियन्त्रक कृष्ण काप्रीले एसएलसीको परीक्षा फारम भरेका, तर हाजिरी नपुगेर उनीहरु अयोग्य देखिएको बताए ।  २०७२ को एसएलसीमा नियमित र एक्जामटेडतर्फ तरी ६ लाख एक सय २२ परीक्षार्थी सहभागी भएका थिए ।

फारम पहिले नै भरेका थिए । तर त्यसपछि विद्यार्थीले स्वेच्छाले पढाई छाड्ने गरेका र हाजिरी नपुगेको उनले बताए । उनका अनुसार अयोग्य संख्या अझ केही थपिन सक्छ ।  यस बर्ष साधारणतर्फ चार लाख ४० हजार ६ सय ४९ र एक्जामटेडतर्फ ५९ हजार चार सय ७२ सहभागी थिए ।
नतिजा असार पहिलो साता

गत चैतमा सञ्चालित एसएलसी परीक्षाको नतिजा  छिट्टै निकाल्ने तयारी भइरहेको छ । अघिल्ला बर्षहरुमा भन्दा झण्डै दुई साता ढिला गरी शुरु भएको एसएलसी परीक्षाको नतिजा असार पहिलो साता सार्वजनिक हुने बताइएको छ ।

परीक्षा नियन्त्रक काप्रीका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरेर नम्बर मार्क स्लिपमा इन्ट्रीको काम भइरहेको छ । इन्ट्रीपछि म्याच–अनम्याच हेर्ने र टेबुलेसनको काम हुनेछ ।

यस बर्षको एसएलसी परीक्षाको नतिजा गे्रडिसिटबाट सार्वजनिक हुनेछ ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया