Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

२६ गाविस माविविहिन

शुक्रबार, २१ जेठ २०७३

काठमाडौँ, २१ जेठ । कपिलवस्तुका २६ गाविस माविविहिन छन् । जिल्लामा विद्यालय सञ्चालन हुन थालेको ९३ बर्ष पुग्यो, तर अहिलेसम्म सबै गाविसमा मावि सञ्चालन हुन नसकेका हुन् ।

जिल्लाको दक्षिण र सुदुरपश्चिम क्षेत्रका अधिकांश गाविसमा मावि नभएृको हो । सदरमुकामसंगै जोडिएका दोहनी र गौरी गाविसमा पनि मावि छैनन् ।  त्यस्तै भारतीय सिमा जोडिएका गाविसमा पनि मावि नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

सबै गाविसमा कम्तीमा एक मावि सञ्चालन गर्ने लक्ष्य राखेर २०६६ देखि विद्यालय क्षेत्र सुधार कार्यक्रम सञ्चालन भएपनि विद्यालय निर्माण भएका छैनन् ।  कार्यक्रम सञ्चालन भएको ६ बर्ष वित्दा पनि जिल्लाको पठनपाठन र समस्यामा परिवर्तन आएको छैन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया