Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

चिया पैसाबाट स्कुल !

शुक्रबार, २१ जेठ २०७३

काठमाडौँ, २१ जेठ । काभ्रेमको सम्युखर्क,  लामागाउँकी सरिता तामाङ अचेल नियमित स्कुल जान्छिन् ।   यसअघि उनी दिन विराएर जान्थिन्, त्यही पनि मनमा त्रास बोकेर । भूकम्पलगत्तै व्यवस्था भएको अस्थायी सिकाई केन्द्र  (टीएलसी)मा पनि ठाउँ  नपुगेपछि मल्लवी निमाविले असुरक्षित भवनमै पढाई थालेका थिए ।

सरिताजस्तै ती विद्यालयमा अध्ययनरत पाचँ सय विद्यार्थीले अहिले ठूलो राहत महसुस गरेका छन् ।  भवनको कथा भने बेग्लै छ । आफु पढेको गाउँको विद्यालय भूकम्पबाट भत्किएपछि जापान बस्दै इन्द्र दोङले  चिया खाजाको रकम बचाउन थाले र साथीभाइलाई पनि सोही आग्रह गरे ।

उनकै व्यक्तिगत पहलमा जुटेको ८ लाख रकमले अहिले सम्युखर्कको मल्लवी निमाविसंगै सर्वोद्धार माविको ३/३ कोठे पक्की भवन निर्माण भएको छ ।

यसरी चिया खर्चबाट जोगिएको पैसाबाट विद्यालय भवन बनेपछि शिक्षक, अभिभावक र विद्यार्थी पनि मख्ख छन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया