Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

शिक्षक जुटे मातृभाषा पाठ्यक्रम बनाउन

शुक्रबार, २१ जेठ २०७३

काठमाडौँ, २१ जेठ । मातृभाषामा औपचारिक पठनपाठनका निम्ति बाम्बुले राई शिक्षकहरु जुटेका छन् ।  बाम्बुले राई शिक्षक समाजको आयोजनामा ‘बाम्बुले राई शिक्षकलाई मातृभाषा र किराँत लिपि प्रशिक्षण’सहित राष्«िट्रय पाठ्यक्रम निर्माण गरेका हुन् । तथ्यांकले बाम्बुले मातृभाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेका छन् ।

यो भाषा ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सुनसरीलगायत दर्जनभन्दा बढी जिल्लामा बोलिन्छ ।  स्थानीय विकास मन्त्रालयअन्तर्गत आदीवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा सम्पन्न पाचँ दिने कार्यशालामा भाषाशास्त्री  डा. नेत्र राई, लिपिविज्ञ प्राज्ञ अमर तुम्याङ, बाम्बुले राई समाजका उपाध्यक्ष तथा पत्रकार गणेश राईले प्रशिक्षण दिएका ुहन् ।

ओखलढुंगााका जिल्ला शिक्षा अधिकारी वीरेन्द्रजंग थापाले संविधान, शिक्षा ऐनमा मातृभाषाको व्यवस्था भएको उल्लेख गर्दै व्यवहारमा लागु गर्न स्थानीय मातृभाषी शिक्षकको पहल सकारात्मक भएको बताए ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया