Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

प्राविधिक विषयमा घुँइचो

शुक्रबार, २१ जेठ २०७३

काठमाडौँ, २१ जेठ । प्रबुद्ध उच्च् माध्यामिक विद्यालय ओखलढुंगाको दुर्गममा छ । सो विद्यालय भौतिक पूर्वाधार सुम्पन्न भएसंगै पढाईको विषयका कारण विद्यार्थीको चाप पनि बढेको छ ।
च्यानम ४ का विपिन कार्की यतिखेर कक्षा १० मा पढ्छन् । उनी राजधानीमा बोर्डिङ छाडेर आएका हुन् ।

‘गाउृँमा कृषि विषय पढ्न पाइन्छ भनेर गाउँ फर्किएको हुँ,’ उनी भन्छन् ‘दश कक्षा पास गरेर जेटिए पढ्न पाइन्छ । जागिर पनि पाइन्छ । आफ्नै गाउँमा नयाँ प्रविधिको प्रयोग गरेर खेतीकिसान गर्न सिकाउ सकिन्छ । त्यसैले यो विषय रोजेको हुँ ।’

यसरी प्रवुद्ध उच्च माविमा यतिखेर दुई धारको पठनपाठन भइरहेको छ । तीन बर्षदेखि कक्षा ९ देखि साधारण र प्राविधिक गरी दुई किसीमको पठनपाठन शुरु भएको हो । यो सामुदायिक विद्यालय भएपनि विद्यार्थीको चाप बढेको निमित्त प्रधानाध्यापक विष्णुनन्द चौधरी बताउँछन् ।

यस्तै कक्षा ९ की समिरा कार्की गाउँघरमा गरिने परम्परागत खेती प्रणालीलाई आधुनिक ढंगले सिकाउने मान्छे नभएकाले कृषि विषय रोजेको बताउँछिन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया