Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

आयोग लड्ने शिक्षकले अंग्रेजीमा लेख्नु पर्ने !

विहीबार, २० जेठ २०७३

भक्तपुर - माध्यमिक तहका शिक्षकहरुको परीक्षामा प्रयोग गरिने भाषा, उत्तरपुस्तिका र प्रश्नका बारेमा शिक्षक सेवा आयोगले स्पष्ट पारेको छ । माध्यमिक तहका शिक्षक छनौटका लागि आगामी असार ४ गते हुने परीक्षाका बारेमा आयोगले स्पष्ट पारेको हो ।

कम्युटर विज्ञान, विज्ञान र गणितको प्रश्नपत्र अंग्रेजी भाषामा सोधिने तथा भाषा विषयहरु बाहेक अन्य विषयको उत्तरको माध्यम अंग्रेजी वा नेपाली दुवै हुने आयोगले जनाएको छ ।

आगामी परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुने तथा खण्ड क र ख को पूर्णङ्क ४०/४० हुने पनि आयोगले जनाएको छ ।

समान्यतया प्रत्येक क्षेत्र समेटिने गरी छोटो र लामो उत्तर आउने प्रश्न सोधिने तथा नयाँ पाठ्यक्रम अनुसार नमुना प्रश्नपत्र प्रकाशन नगरिने आयोगले स्पष्ट पारेको छ । प्रत्येक खण्डको उत्तरपुस्तिका अलग अलग हुने तथा वस्तुगत प्रश्न र उत्तरपुस्तिका छुट्टा छुट्टै हुने छ ।

बस्तुगत प्रश्न परीक्षा सकिए पछि परिक्षार्थीले लैजान पाउने छ । उत्तर पुस्तिकाको दायाँ भागमा परीक्षार्थीका नाम थर रोल नम्बर लगायत ब्यक्तिगत विवरण रहने छ भने बाँया तर्फ सम्बन्धित प्रश्नको सही उत्तर मध्ये कुनै एक विकल्पलाई लेख्नु पर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति २०७३ जेठ २० गते 

प्रतिक्रिया