Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

‘गाउँमै स्कुल भए हुन्थ्यो’

विहीबार, २० जेठ २०७३

काठमाडौँ, २० जेठ । शहरका चिया गफमा यतिबेला नयाँ बजेट केन्द्रमा छ । कतै धेरै रकम छरिएको, कतै थोरै रकम विनियोजनमा गरेको दुःखले सञ्चारमाध्यममा तातिएका बेला दक्षिण झापाका केही दुर्गम गाउँ भतने ती सबै विषयमा टाउको दुखाउने फुर्सदनमा छैनन् ।

हरेक बर्ष बन्ने र सार्वजनिक हुने बजेटले जीवनमा खासै प्रभाव पारेको, आफ्ना आधारभुत दुःख, सम्बोधन गरेको अनुभव झापाका कसैलाई छैन् ।  ‘खै बजेट सालिन्ने आउँछ, हाम्रो गाउँमा स्कुल कहिल्यै बनाउँदैनन्, भारतसित साँघ जोडिएको दक्षिण झापाको पाठामारी ३ का अब्दुल मियाले भने ‘छोराछोरी पढाउनुपर्यो भने टाढा पठाउनुपर्छ । साइकल किनिदिने पैसा हुदैन् । ठूलो कुरा गर्नेहरुलााई यस्तो कुरा कहाँ थाहा हुन्छ ।’

गाउँभरीमा एउटै माध्यामिक विद्यालय छैन् । छोराछोरी माथिलो कक्षा पढाउन पनि ठुलै सास्ती सहनुपर्ने बाध्यता गाउँलेसंग छ । अहिले मुस्लिम बहुल बस्तीमा पनि मुलधारको शिक्षाप्रति सकारात्मक उत्साह जागेको छ । तर माध्यामिक तहका कक्षा पढ्न पनि गाउँबाहिर धाउनुपर्ने बाध्यताले धेरैलाई विद्यालय पुग्न रोकिरहेको छ ।

‘क्याम्पस पढ्न, बिए पढ्न बाहिरै जाउँला’ अब्दुलले भने ‘स्कुल पढ्न त गाउँमा पाऊन न छोराछोरीले, सरकारले यति गरिदिओस । अनि पत्याउँला ।’ देशकै सबैभन्दा शिक्षित जिल्लाको संज्ञा दिदै जिल्ला शिक्षा कार्यालयले सोमबार झापालाई साक्षर घोषणा गरेको छ । तर साक्षर घोषणा भनिएको जिल्लामा पढन् अझै पनि गाउँमा एउटा विद्यालय छैन् ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया