Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

दुर्घटनामा चार छात्रको मृत्यु

विहीबार, २० जेठ २०७३

काठमाडौँ, २० जेठ । खोटाङमा सहचालकले चलाएको ट्याक्टर पल्टिँदा ओखलढुंगामा चार छात्र सहित पाँच जनाको मृत्यु भएको छ। ढुंगा ओसार्नकालागि बुधबार फुलबारी गाबिसको चिप्लेघोराखोरीबाट बिलन्दु जाँदै गरेको ना ५ त २५१२ नम्बरको ट्याक्टर पल्टिएको थियो।

दुर्घटनामा छात्र बिलन्दु ५ का १५ वर्षीय बिष्णु बराल, सोही ठाउँका मिलन घिमिरे, अमिर घिमिरे, फुलबारी ५ का १४ वर्षीय मनिष खड्का र खोटाङको च्यास्मीटार ७ का ३६ वर्षीय हिरबहादुर राईको मृत्यु भएको हो।

 सहचालक फुलबारीका प्रेम थापाले चलाएको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक टिकाबहादुर कार्कीले बताए । सहचालकलाई ट्याक्टर चलाउन दिने चालक सिंहदेबी ३ का प्रबिण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा सहचालक थापा घाइते भएका छन् । मृतकमध्ये छात्र बिष्णु, मिलन र अमिर ज्ञान प्रकाश उच्च मावि घोराखोरीमा कक्षा ९ मा तथा र मनिष कक्षा ८ मा अध्ययनरत छात्र हुन् ।

हिराबहादुर मजदुरी कामकालागि गत बैसाख १७ गते ओखलढुंगा पुगेका थिए । ढुंगा उठाएर ट्याक्टरमा हाल्नकालागि ट्याक्टरमै चढेर जानेक्रममा उनले दुर्घटनामा ज्यान गुमाएका हुन् । घटनास्थलमै ज्यान गुमाएका मृतकको शव पोष्टमार्टमकालागि अहिले मन्थली पुर्याइएको प्रहरीले जनाएको छ ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया