Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

एसएलसीमा ३० प्रतिशत ल्याउने विद्यार्थी भर्ना अन्योल

विहीबार, २० जेठ २०७३

काठमाडौँ, २० जेठ । एसएलसीमा ३० देखि ४० प्रतिशत ल्याउने विद्यार्थीलाई ११ कक्षामा भर्ना लिने÷नलिने विषय अझै टुंगो लाग्न सकेको छ्रैन् ।  दातृ निकायलाई सुधार देखाउन शिक्षा मन्त्रालयले ३० प्रतिशतभन्दा माथी अंक ल्याउनेलाई उच्च शिक्षामा प्रवेश गराउन लागेको छ ।

उच्च माध्यामिक शिक्षा परिषद भने गुणस्तर चाहिने भन्दै ४० प्रतिशतमाथी मात्रै भर्ना लिने अडानमा छ । प्रवेशिका परीक्षाको नजिता आउन झन्डै तीन साता बाँकी रहँदासमेत कुन ग्रेड ल्याउने विद्यार्थीका लागी उच्च शिक्षाको ढोका खुल्ने ? भन्ने टुंगो लाग्ने नसकेको हो ।

‘कुन ग्रेडसम्मलाई ११ कक्षामा भर्ना लिने भन्ने विषय छलफलका क्रममै छ ।’ परिषद प्रवक्ता वीगेन्द्र राईले भने ‘हामीले गुणस्तर विषयमा समेत सोच्न खाँचो छ । परिषदका लागी गुणस्तर कायम गर्नू चुनौतिको विषय बनेको छ ।’

उनका अनुसार ३० प्रतिशत राम्रो नम्बर नभएकाले भर्ना लिन सहज छैन् । शिक्षा मन्त्रालयले निरन्तर ३० प्रतिशतमाथी ल्याउने विद्यार्थीलाई भर्ना लिन दबाब दिइरहे पनि परिषदलेृ अडान फेरेको छैन् ।  शिक्षाविद डा. विद्यानाथ कोइराला भने डी र ई ग्रेड ल्याउने विद्यार्थीका लागी सरकारले विकल्प दिनुपर्ने बताउँछन् ।

(राजधानी दैनिकमा प्रकाशित)

प्रतिक्रिया