Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

ग्रेड बढाउन मौका परीक्षा !

विहीबार, २० जेठ २०७३

काठमाडौँ, २० जेठ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ग्रेडिङ परीक्षा प्रणालीमा बढीमा दुई विषय पछाडी परेका विद्यार्थीलाई पूनःपरीक्षा दिएर ग्रेडिङ बढाउने अवसर दिने भएको छ ।  विद्यार्थी आफुले प्राप्त गरेको  ग्रेडिङलाई बढाएर स्तर बृद्धि गरी रोजेको विषय पढ्ने बाटो सहज होस भन्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।

 ग्रेडिङमा डी र ई मा परेकाले सोही बर्ष ग्रेड बृद्धि परीक्षामा सहभागी भई मौका परीक्षा दिन पाउनेछन् । यसअघि एसएलसीमा दुई विषयमा फेल भएकाले सोही बर्ष मौका परीक्षा दिन पाउँथे । यस्तो व्यवस्थाअनुसार परीक्षाको ग्रेडसिट बढीमा दुई विषयमा डी र ई वा डी र डी, वा ई र ई प्राप्त गरेको छ भने उसले एकपटकलाई ग्रेड बृद्धिको परीक्षामा सामेल हुन पाउनेछ ।


(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया