Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यार्थीसंगै शिक्षकको मूल्यांकन

बुधबार, १९ जेठ २०७३

काठमाडौँ, १९ जेठ । सरकारले शिक्षक बढुवाको मुल्यांकन विद्यार्थीको उत्तीर्ण प्रतिशतका आधारमा गर्ने भएको छ ।  घरै बसी बसी नपढाएरै र खेताला शिक्षक राखेकै भरमा बढुवा हुने प्रवृत्तिलाई निरुत्साहित गर्दै शिक्षण सिकाईलाई समेत प्रभावकारी बनाउने भन्दै सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

 सरकारले बजेटमार्फत सर्वसुलभ र गुणस्तरीय शिक्षा व्यवस्थापन गर्न अध्ययन अध्यापनमा सुधार ल्याउन विद्यालयमा कार्यरत शिक्षकको मुल्यांकन कार्यसम्पादन र विद्यार्थी उत्तीर्ण प्रतिशतका आधारमा गर्ने भएको छ ।

जसअनुसार विद्यार्थी उत्तीर्ण आधारमा शिक्षकलाई पुरस्कार र सजायसहितको प्रावधान ल्याइएको छ ।   बजेटमा उल्लेख भएअनुसार हालको दरबन्दी नबढ्ने गरी प्रधानाध्यापकको पदको व्यवस्था गरिनेछ ।  प्रधानाध्यापक र शिक्षक, प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच कार्यसम्पादन करार गरिने नयाँ व्यवस्था सरकारले गरेको छ ।

अब शिक्षकलाई विद्यार्थी पास गराउने चुनौति सरकारी कार्यक्रमले थपिदिएको शिक्षाविद डा. विद्यानाथ कोइराला बताउँछन् ।


(नागरिक दैनिकमा रुबी रौनियारले समाचार लेखेकी छन् । )

प्रतिक्रिया