Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

सरकारी विद्यालय अभिभावकको रोजाई

मंगलबार, १८ जेठ २०७३

काठमाडौँ, १८ जेठ । बाकेँको बैजापुर ७ पर्सोहना निवासी पवित्रा चन्दले आफ्ना दुई छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गरेकी छन् । उनी जत्तिकै आर्थिक हैसियत भएका गाउँका केही व्यक्तिले आफ्ना सन्तानलाई बोर्डिङ स्कुलमा पढाउँछन् ।

तर, उनको चासो बोर्डिङ स्कुलभन्दा सरकारी विद्यालयतिर बढेको छ । पवित्राले एक छोरीलाई जनशक्ति मावि बैजापुर र अर्कीलाई नेरा प्रावि सुर्यलालपुरमा भर्ना गरेको बताइन् ।  सरकारी विद्यालय भर्ना गरे देखि नै विद्यार्थी खुसी भएर पढ्ने गरेको पनि उनले बताइन् ।

बैजापुरका अभिभावक भने पछिल्लो समय सरकारी विद्यालयमा चासो दिइरहेका छन् । कारण, सरकारी विद्यालयमा निःशुल्क एवं गुणस्तरीय शिक्षा हुनु, शिक्षकले पर्याप्त मात्रामा तालिम पाउनु, अभिभावकमा जागरुकता बढ्नु लगायत छन् ।  सोही कारण बाँकेका अधिकांश सरकारी विद्यालयको शैक्षिक अवस्था पनि फेरिएको छ ।
(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया