Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यार्थीले भने - 'संसद् त झगडा गर्ने ठाउँ पो रहेछ'

मंगलबार, १८ जेठ २०७३

काठमाडौँ, १८ जेठ । संसद्को कारबाही र बजेट प्रक्रिया सम्बन्धमा प्रत्यक्ष जानकारी लिन दर्शकका रूपमा सोमबार संसद् भवन पुगेका स्कुले विद्यार्थी लगातारको कारबाही स्थगन र होहल्लाका कारण संसद् र नेताबारे नकारात्मक धारणा लिएर फर्केका छन् ।
 
राजधानीस्थित अक्सिडेन्टल पब्लिक स्कुलका १३ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थी संसद्मा लगातारको स्थगन र होहल्लाले आजित भएर बीचैमा फर्केका हुन् । मुलुकको आर्थिक अवस्था थाहा पाउने, आयव्यय स्थिति बुझ्ने र धेरै विषयमा जानकारी हासिल गर्ने चाहना बोकेर संसद् बैठकमा लामबद्ध भएर प्रवेश गरेकी समीक्षा पोखरेल निराश भएर फर्किन् । पहिलोपटक सोमबार संसद्मा पुगेकी समीक्षालाई लाग्यो, ‘संसद् त झगडा ठाउँ पो रहेछ ।ु
 
संसद् बैठकबारे बुझ्न समीक्षासहित एक सय ४८ जना विद्यार्थी गएका थिए । संसद्को हाल के रहेछ भन्ने जिज्ञासामा उनीहरूले एकै स्वरमा जबाफ दिए, ‘बेहाल ।ु
 
अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि छलफलका लागि प्रस्ताव पेस गर्ने र अन्य सांसदहरूले बजेटका पक्षविपक्षमा धारणा राख्ने नियमित कार्यक्रम थियो । ‘एउटा बजेटमा त उहाँहरू यस्तो झगडा गर्नु हुँदोरहेछ, देशलाई कसरी अगाडि लैजानुहुन्छ होला रु ु अर्की विद्यार्थी शिला अधिकारीले भनिन्, ‘हामी जे अपेक्षा गरेर संसद्मा आएका थियौं, त्यस्तो पाएनौं ।ु
 
उक्त स्कुलका कक्षा ७, ८, ९ र १० का विद्यार्थीलाई संसद्को पर्यवेक्षक कक्षमा लगेर राखिएको थियो । अधिकारीले भनिन्, ‘संसद्मा त राम्रा–राम्रा कुरा हुन्छन् होला जस्तो लागेको थियो, बजेटका बारेमा थाहा पाइन्छ होला भन्ठानेका थियौं । पटकपटक स्थगित मात्रै हुँदो रहेछ । बजेटका बारेमा थाहा पाउन सकेनौं । हामी अनलक्की रहेछौं ।ु
 
संसद्मा पेस हुनुअघि बजेटका सूचना सार्वजनिक गरेको विषयलाई लिएर बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरू आफू बसेको सिटबाट जुरुक्क उठे । सभामुख ओनसरी घर्तीले पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता रामशरण महतलाई बोल्न समय दिइन् । महतले भने, ‘बजेट अत्यन्त गोपनीयताका साथ तयार गरिन्छ । संसद्मा प्रस्तुत हुनु एक घन्टाअगाडि मात्रै मन्त्रिपरिषद्लाई सारांश जानकारी गराइन्छ, हामीले दुई घन्टा १५ मिनेटमा सुनेको बजेटका सूचना पहिले नै सार्वजनिक भएका रहेछन् । यो संसद्को मानहानि हो । संसद्को विशेषाधिकारको हनन हो ।ु बजेटका सूचना पहिले नै सार्वजनिक हुँदा सेयर बजार प्रभावित भएको भन्दै महतले आपत्ति जनाए ।
 
‘बजेटको सूचना पहिले नै सार्वजनिक भएको विषयमा छानबिन नगरेसम्म बैठक अगाडि बढ्न सक्दैन,ु महतले त्यति भन्नासाथ कांग्रस सांसदहरू कुर्सीबाट उठिसकेका थिए । सभामुख घर्तीले उनीहरूलाई बस्न अनुरोध गरिन् । तर प्रतिपक्षी सांसदले टेरेनन् । त्यसपछि सभामुखले बैठक आधा घन्टाका लागि स्थगित गरिन् । बैठक सुरु भएको १५ मिनेटमा पहिलोपटक स्थगित भयो ।
 
सभामुख घर्तीले १२ः१० बजे स्थगित भएको बैठक प्रारम्भ भएको घोषणा गरिन् । फेरि कांग्रेस सांसदहरू उठे । त्यसपछि सभामुखले सांसद रमेश लेखकलाई बोल्न समय दिइन् । बजेटका तथ्यतथ्यांक संसद्मा नआई सार्वजनिक हुनु आर्थिक र राजनीतिक दुवै हिसाबले अपराध भएको लेखकले बताए । लेखकले भने, ‘जबसम्म यस विषयमा छानबिन हुँदैन तबसम्म बैठक बस्न सक्दैन ।ु उनले त्यति भनेपछि फेरि कांग्रेस सांसदहरू उठे । सभामुखले बैठक स्थगित गरिन् ।
 
यसअघि एमाले नेता भरतमोहन अधिकारी अर्थमन्त्री रहेका बेला पनि संसद्मा बजेट पेस गर्नुअघि नै बजेटका सूचना सार्वजनिक भएपछि त्यसको छानबिन गर्न सर्वदलीय छानबिन समिति बनाइएको थियो । समितिले यस्ता तथ्य बाहिर जान नदिन सरकार सचेत रहनुपर्ने निष्कर्षसहितको प्रतिवेदन संसद्ले सरकारलाई बुझाएको थियो । ‘फेरि त्यही घटना दोहोरियो,ु लेखकले भने ।
 
सभामुख घर्तीले फेरि १।३० बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरिन् । पटकपटक संसद् बैठक स्थगित भएपछि विद्यार्थीहरू संसद्भवनबाट बाहिरिए । शिलाले भनिन्, ‘आफ्नो कुरा भन्ने, अरूको कुरा नसुन्ने पनि कहीं हुन्छ भने त्यो संसद्मा हुँदो रहेछ । झगडाचाहिँ नगरे हुन्थ्यो ।ु
 
सभामुखले फेरि १।४० बजे बैठक सुरु गर्नासाथ कांग्रेस सांसदहरू उठिहाले । सभामुख घर्तीले पूर्वअर्थमन्त्री महेश आचार्यलाई बोल्न समय दिइन् । ‘सार्वभौम संसद्मा आघात पुगेको हुनाले बजेटका सूचना पहिले नै चुहिने पद्धति बस्न गयो भने त्यो मुलुकका लागि गम्भीर जोखिम निम्तिने खतरा रहन्छ । छानबिन नभएसम्म संसद्को प्रक्रिया अगाडि बढ्न सक्दैन,ु आचार्यले त्यति भनेपछि कांग्रेसका सांसदहरू फेरि कुर्सीबाट उठे । सभामुख घर्तीले ३ बजेसम्मका लागि बैठक स्थगित गरिन् ।
 
सभामुखले ३ बजे नै बैठक प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै कांग्रेस सांसदहरू उठेर अवरोध पुर्‌याए । सभामुखले कांग्रेसकी सचेतक ईश्वरी न्यौपानेलाई बोल्न समय दिइन् । उनले पनि महत, लेखक र आचार्यकै भाषा दोहोर्‌याइन् । उनले सन् १९४७ मा बेलायतमा संसद्मा पेस हुनुअघि बजेटका सूचना चुहिँदा त्यहाँका अर्थमन्त्रीले राजीनामा दिएको तथ्य पेस गरिन् । तर उनले अर्थमन्त्री पौडेलको राजीनामाचाहिँ मागिनन् । ‘हामी बजेटका बारेमा छलफल गर्न आतुर छौं ।
बजेटमाथिको बहस सुन्न पनि चाहन्छौुं, न्यौपानेले भनिन्, ‘छानबिनका लागि सभामुखले सरकारलाई रुलिङ नगरेसम्म बैठक सञ्चालन हुन सक्दैन ।ु त्यसपछि फेरि कांग्रेस सांसदहरू उठे । सभामुख घर्तीले मंगलबार ११ बजेसम्मका लागि बैठक स्थगित गरिन् ।
 
बैठकबाट बाहिरिएपछि सत्तासीन एमालेका उपाध्यक्ष वामदेव गौतमले लोकप्रिय बजेट सहन नसकेका कारण कांग्रेसले संसद् अवरुद्ध पारेको आरोप लगाए । बजेटका सूचना चुहिएको विषयमा क्षमा माग्न सकिए पनि छानबिन हुन नसक्ने गौतमले बताए । ‘सबैभन्दा धेरै कार्यक्रम किसानका लागि र बजेटको ६० प्रतिशत अंश तराई–मधेसका लागि छुट्ट्याइएको छ,ु गौतमले भने, ‘पटकपटक अर्थमन्त्री हुनुभएका महतमाथि कांग्रेस सांसदले यति लोकप्रिय बजेट ल्याउन किन सक्नुभएन भनेर सोधेका छन् अनि उहाँले त्यो आक्रोश यतातिर पोखिरहनुभएको छ । संसद्मा कांग्रेसको कुण्ठा बोलिरहेको छ ।ु

(अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया