Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

नयाँ कलेज सञ्चालनमा आउने

मंगलबार, १८ जेठ २०७३

काठमाडौँ, जेठ १८ ।  यसै शैक्षिकसत्रदेखि नेपालमा अस्ट्रेलियाद्वारा मान्यताप्राप्त कुलिनरी एकेडेमी (कलेज) सञ्चालनमा आउने भएको छ ।  करिब दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गैरनेपाली सङ्घ अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले राजधानीको मैतीदेवीमा ‘प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी’ खोल्न लागेको हो ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा कलेजका सञ्चालकसमेत रहेका केसीले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षा दिने तथा स्वदेशमै उत्कृष्ट सेफ उत्पादन गर्ने उद्देश्यले उक्त कलेज स्थापना गर्न लागेकोे बताए ।


(गोरखापत्र दैनिकमा प्रकाशित)

प्रतिक्रिया