Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

'किम्फ'मा उठ्ने रकम विद्यालयलाई

मंगलबार, १८ जेठ २०७३

काठमाडौँ, १८ जेठ । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिवल (किम्फ) को दोस्रो संस्करण अर्को साता हुने भएको छ । सोलुखुम्बुस्थित दुर्गम गाउँको स्कूललाई सहयोग गर्ने उदेश्यले किम्फको आयोजनागर्न लागिएको हो । गतबर्षदेखि न्यूयोर्कमा सुरु भएको किम्फको प्रदर्शन त्यहीबाट प्रकाशितहुने पाक्षिक पत्रिका एभरेष्ट टाइम्स र हिमाल एशोसिएसन संयुक्त रुपमा आयोजना गर्दै आएको छ । यस बर्ष यहीजुन ५ तारिखको दिन आयोजना गरिन लागेको हो ।

एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाका अनुसार दुर्गम गाउँको स्कूललाई सहयोग पनि हुने र नेपाली डकुमेन्ट्रीले अन्तराष्ट्रिय बजारमा चिनिने मौका पनि पाउने भएकोले महोत्सवको आयोजना गर्न लागिएको बताए । यसलाई घुम्ती किम्फको नामदिइएको छ ।

‘नेपालको डकुमेन्ट्री निर्माताहरुको सीप कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन तथा यिनै डकुमेन्ट्रीहरु मार्फत अमेरिकामा नेपालको चिनारी दिन किम्फ आयोजनागरिएको हो’ शेर्पाले इकान्तिपुरसँग भने, ‘यसका लागि सन्देशमूलक डकुमेन्ट्रीहरु छनौट गरिएको छ ।’

गतबर्ष न्युयोर्कमा आयोजित किम्फबाट संकलित  १ लाख ८६ हजार ५ सय नेपाली रुपैयाँ भूकम्पले भत्केको सोलुखुम्बुस्थित चागे स्थान माध्यमिक विद्यालयलाई प्रदान गरिएको थियो । यस पटक उठ्ने रकम सोलुखुम्बुकै सेर्गा बागम प्राथमिक विद्यालयलाई सहयोग गर्ने बताइएको छ ।

शेर्पाका अनुसार क्विन्सस्थितगुलसन टेरेसमा हुने महोत्सवमा केसाङ छेतेनद्धारा निर्देशित कास्टवे म्यान, अरुणदेव जोशीको कामरो, आन्द्रेयु हिन्टन र जोनीबुकको टासी एण्ड द मङक एण्ड तथापासाङ दावा शेर्पा हयोल्मोको द रेटलिङ फ्यान प्रर्दशन गरिने छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया