Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

यस्तो हुन्छ एसएलसीको ग्रेडसिट

मंगलबार, १८ जेठ २०७३

काठमाडौँ, १८ जेठ । यसपालिको एसएलसी दिएका विद्यार्थीको मुल्यांकन अक्षरांकन (ग्रडिङ) प्रणालीबाटबाट हुदैछ । विद्यार्थीले विगतमा मार्कसिट पाउँथे अबभने ग्रेडसिट पाउनेछन् । ग्रेडसिटमा आफुले पाएको नम्बरलाई कसरी राख्ला ? विद्यार्थीमा कौतुहल बढेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले विद्यार्थीलाई दिने ग्रेडसिट कस्तो बनाउने भन्ने टुंगो लागिसकेको बताए ।

विद्यार्थीको नाम रहने लाइनमा ‘द ग्रेट्स सेक्वर्ड बाई’ लेखिएको हुन्छ । पहिलो कोलममा विषय र त्यसको कोड नम्बर हुन्छ । त्यो संगैको अर्को कोलममा क्रेडिट आवर लेखिएको छ । विगतमा सय पूर्णांक लेख्ने कोलममा अब ४ क्रेडिट आवर हुन्छ ।

सैद्धान्तिक र प्राक्टिकलको छुट्टाछुट्टै ग्रेडिङ गरेको हुन्छ । विगतमा फरक कोलममा नम्बर राखेको हुन्छ ।  त्यसपछि अर्को कोलममा सैद्धान्तिक र प्राक्टिकलमा प्राप्त  नम्बर जोडेर उक्त विषयको ग्रेड राखिएको हुन्छ ।

अर्को कोलममा स्तरीकृत अंक (ग्रेड प्वाइन्ट) राखिन्छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया