Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

नियमविपरित शुल्क लिएको अनुगमन

मंगलबार, १८ जेठ २०७३

काठमाडौँ, १८ जेठ । नीजि विद्यालयलले शुल्क लिने गरेको सरकारी अनुगमनले देखाएको छ । सोमबार बसेको केन्द्रीय अनुगमन समितीको बैठकले यस्तो देखाएको हो ।


मन्त्रालयका सहसचिव हरि लम्साल, शिक्षा विभागका महानिर्देशक खगराज बराल, निर्देशकहरु बैकुण्ठ अर्याल, देवकुमारी गुरागाई, र मध्यमाञ्चलका निमित्त निर्देशक दिनेश श्रेष्ठसहितको  अनुगमन टोली बनाइएको थियो । १९ विद्यालय अनुगमन गर्दा अनावश्यक शीर्षकमा शुल्क, पाठ्यपुस्तकको अनाश्वयक भार, पाठ्यक्रम केन्द्रको स्वीकृति बिनाका पाठ्यपुस्तक पढाउने गरेको लगायतका मनपरी शुल्क लिएको अनुगमन टोलीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

अनुगमन गरिएका विद्यालयलाई आफ्ना गतिविधि सुधार गर्दै नियमविपरित शुल्क लगायतका काम पुष्टि गर्न जेठ ३० गतेसम्म समय दिइएको विभागका निर्देशक अर्यालले जानकारी दिए ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया