Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यालय पुनःर्निमाणका लागि सहयोग

सोमबार, १७ जेठ २०७३

काठमाडौँ, १७ जेठ । गत सालको भूकम्पबाट क्षति भएको म्याग्दीको एक विद्यालयलाई रोजगारीका लागि जापान गएका एक व्यक्तिले रु दुई लाख सहयोग गरेका छन् । जिल्लाको बेनी नगरपालिका–९ नेप्टेचौरको राष्ट्रिय माध्यमिक विद्यालयको पुनःनिर्माणका लागि बेनी नगरपालिका–९ घर भई हाल जापानमा रहेका ज्ञानेन्द्र कार्कीले रु दुई लाख सहयोग गरेका हुन् ।

कार्कीले विद्यालयको पुनःनिर्माणका लागि आफ्ना भाइ रवीन्द्र कार्कीमार्फत सो रकम विद्यालयलाई प्रदान गर्नुभएको विद्यालयका विद्यालयका प्रअ तारादेवी चोखालले जानकारी दिएका छन् । एक रुपैयाँको शेयरबाट मासिक २१ हजार कमाइ

म्याग्दीको वरंजा–३ खर्कमा रहेको दुग्ध सङ्कलन केन्द्रमा आबद्ध दुग्ध उत्पादक कृषकले मासिक रु तीन लाख बराबरको दूध बिक्री गर्दै आएका छन् । गत वर्ष स्थापना भएको सो सङ्कलन केन्द्रमा २६ जना दुग्ध उत्पादक कृषकको सहभागिता रहेको छ ।

प्रतिलिटर रु एक सेयर रकमबाट स्थापना भएको सो केन्द्रमा अहिले पाँचजनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका स्थानीयवासी कृष्ण सापकोटाले जानकारी दिए । वरंजा गाविसको वडा नं ३, ४, ५ र का कृषकले दूध सङ्कलन गर्दै आएका छन् । केन्द्रमा सङ्कलन भएको दूध सदरमुकाम बेनीमा खपत हुने गरेको छ । कृषकले २५ ल्याक्टोको दूध बिक्री गर्ने गरेका दुग्ध सङ्कलन केन्द्रका संयोजक भविलाल सापकोटाले जानकारी दिए ।

दूध बिक्रीबाट किसानले मासिक रु तीनदेखि रु २१ हजारसम्म आम्दानी गर्दै आएका छन् । दूध बिक्रीबाट नै स्थानीयवासीको जीवनस्तरमा सुधार आएको चेतनाथ आचार्यले जानकारी दिए ।  आचार्यले दूध बिक्री गरेर चारजना छोराछोरीलाई विद्यालय पढाउनुका साथै नौजना परिवारको पालन पोषण गर्दै आएका छन् ।
रासस

प्रतिक्रिया