Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

बजेटमा शिक्षा : शिक्षक दरबन्दी मिलान गर्ने, विद्यालय क्षेत्र विकास कार्यक्रमलाई २६ अर्व २५ करोड * विनियोजन

शनिबार, १५ जेठ २०७३

काठमाडौं - सरकारले आउँदो बर्ष शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । प्राथमिक स्तरमा अधिक भएका शिक्षकलाई माथिल्लो तहमा दरबन्दी मिलान गर्ने सरकारको योजना छ । आर्थिक बर्ष २०७३/२०७४ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले प्रधानाध्यापक र जिल्ला शिक्षा कार्यालय विच कार्य सम्झौता गर्ने योजना पनि सार्वजनिक गरे ।

सरकारले बजेटमार्फत् भूकम्पले भत्किएका विद्यालय दुई वर्वाभित्र निर्माण गरिसक्ने घोषणा गरेको छ । शनिबार व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने ‘दुई वर्षमा शैक्षिक संस्थाको पुननिर्माणको काम सम्पन्न हुने छ ।’ भूकम्पले भत्किएका सबै भौतिक संरचनाको निर्माण पाँच वर्षसम्ममा सम्पन्न गर्ने उनले बताए । यसै बर्षबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सुरु गरिने र त्यसका लागि  २६ अर्व २५ करोड * विनियोजन गरेको मन्त्री पौडेलले सार्वजनिक गरे ।

शैक्षिक सुधारका लागि निजी विद्यालयको ब्यवस्थापनसंग सामुदायिक विद्यालयको सहकार्य गर्ने, सामुदायिक संग सहकार्य गर्ने निजी विद्यालयलाई सम्मा गर्ने पनि बजेटमा उल्लेख छ । तराईका जिल्लामा विद्यालय बाहिर रहेका किशोर किशोरीलाई विद्यालयमा ल्याउन प्रोत्साहन मुलक कार्यक्रम सञ्चालन गर्ने पनि बजेटमा उल्लेख छ ।

कर्णाली क्षेत्रमा छरिएका विद्यालयका रहेका ठाउँमा आवासीय विद्यालय सञ्चालन गर्ने, एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने, बर्दिबास, सुर्खेत सहित तीन स्थानमा आगामी आर्थिक वर्षबाट निर्माण थालिने मदन भण्डारी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने काम पनि अघि बढाइने उनले बताए । विद्यालयमा स्मार्ट बोर्डलाई जोड दिने, सामुदायिक विद्यालयको अध्ययन अध्यापनलाई  क्रमश अंग्रेजी भाषमा लगिने उनले बताए ।

बजेटले भूकम्पपछिको पुननिर्माण, जलविद्युत, पर्यटन, शहरी विकास, र सुशासनलाई प्राथमिकता दिएको उनले बताए । संसदमा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री पौडेलले मेरो धरहरा मै बनाउंछु भन्ने अभियानमा सहभागी हुन अपील पनि गरे । भूकम्पीडितलाई सरल तरिकाले अनुदान वितरण गरिनेछ । सामुहिक जमानीमा ३ लाख ऋण उपलब्ध गराइने पनि बजेटमा उल्लेख छ ।

पढ्नुहोस् विस्तृत बजेट : बजेटमा शिक्षा : प्रमाणपत्र राखेर ऋण देखि एमएका विद्यार्थीलाई समृद्ध नेपाल अभियानमा खटाउने सम्म

यो पनि पढ्नुहोस् : शिक्षाको बजेट ११ प्रतिशतमा सिमित, अस्थायी शिक्षकलाई गोल्डेन हेण्डसेक अलपत्र

* सच्याईएको - सं.

प्रकाशित मिति २०७३ जेठ १५ गते

प्रतिक्रिया