Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विश्वविद्यालयबारे समीक्षा गर्नुपर्नेमा जोड

शनिबार, १५ जेठ २०७३

काठमाडौँ, १५ जेठ । मुलुकभरका पब्लिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकको छाता संस्था पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि कीर्तिपुरमा सुरु भएको छ । 

देशभरबाट करिब ५०० प्रतिनिधि सहभागी महाधिवेशनमा पब्लिक विश्वविद्यालय स्थापनाका लागि छलफल गरिने छ ।  शनिबारसम्म जारी उक्त महाधिवेशनको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्दै सर्वाङ्गीण राष्ट्रको नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्न समयसापेक्ष शिक्षामा सुधार गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) का नेता तथा पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधरले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीले प्रतिफल दिन नसकेको बताउँदै अब प्राविधिक तथा सीपमूलक शिक्षामा लगानी वृद्धि गर्नुपर्ने सुझाव दिए ।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक तथा आर्थिक रुपान्तरणका लागि शिक्षा नीतिलाई नै प्रभावकारी बनाउनुपर्ने बताए । त्रिविका प्रा. डा. उपकुलपति तीर्थ खनियाँले ऐनमा भएका अन्योलले त्रिवि र कृषि तथा वन विश्वविद्यालयका बीच अहिले द्वन्द्व र विवाद बढेको बताए ।

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, पब्लिक क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष गोपालप्रसाद पाण्डेय, नेपाल प्राध्यापक सङ्घका कोषाध्यक्ष किशोर गौतम, अर्थशास्त्री भोजराज ढकाललगायतले अब मुलुकमा के कस्ता विश्वविद्यालय आवश्यक छ भन्ने समीक्षा गरी विश्वविद्यालय खोल्ने तथा एकीकृत गर्नुपर्नेमा जोड दिँदै स्थानीय समुदायमा आधारित क्याम्पस सञ्चालन भएमा सरकारले गर्दै आएको लगानी न्यूनीकरण गर्न सकिने विचार राखे ।

रासस 

 

प्रतिक्रिया