Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

‘राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम’ लागू

बुधबार, १२ जेठ २०७३

काठमाडौँ, १३ जेठ । प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाइमा केन्द्रित रही शिक्षाको गुणस्तर सुधार गर्ने मुख्य लक्ष्यका साथ पर्सामा यस वर्षदेखि ‘राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम’ लागू भएको छ ।  नेपाल सरकार र युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यो कार्यक्रममा विशेषगरी कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पढाइ सीपको सुधार गर्नु रहेको छ । 

चालु शैक्षिक सत्रदेखि सुरु भई पा“च वर्षसम्म सञ्चालन हुने यो कार्यक्रममा मूलतः प्रारम्भिक कक्षाको पढाइमा केन्द्रित सिकाइ उपलब्धिको सुधारमा जोड दिइने छ ।  यसका लागि प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रमको सुदृढीकरण, शैक्षणिक ढा“चा, पाठ्य सामग्री विकास, उत्पादन र वितरण, शिक्षकको पेसागत विकास र शैक्षणिक सहयोग, निरन्तर मूल्याङ्कन र उपचारात्मक सहयोग तथा अनुसन्धान, अनुगमन र मूल्याङ्कनलगायतका कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने छ । 

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, जिल्ला कार्यान्वयन समन्वय समिति पर्साको आज यहा“ बसेको बैठकले यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला शिक्षा कार्यालयले स्रोत केन्द्रमार्फत विद्यालय तहमा उपयुक्त तत्परतासहितको वातावरण सिर्जना गर्ने निर्णय गरेको छ । 

यसका लागि स्रोत व्यक्ति, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला निकायमा केन्द्रित तालिम र अभिमुखीकरण कार्यक्रम गर्ने योजना रहेको पर्साका जिल्ला शिक्षा अधिकारी एवम् राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, जिल्ला कार्यान्वयन समन्वय समितिका संयोजक रामविनय सिंहले बताए । 

उहा“ले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र सहजीकरण कार्यक्रमलाई जिल्लाभरि नै अभियानका रुपमा सञ्चालन गर्ने पनि बताए ।  प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका क्षेत्रीय फिल्ड अफिसर युवराज दाहालले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै विद्यमान शिक्षण सिकाइ प्रणालीमा पढाइ सीप विकासलाई महत्व प्रदान नगर्दा समग्र सिकाइ कार्य प्रभावकारी हुन नसकेकाले सरकारले प्रारम्भिक कक्षाका विद्यार्थीको पढाइ सीप प्रवद्र्धन गर्न यो कार्यक्रम ल्याएको बताए । 

प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका अर्का क्षेत्रीय फिल्ड अफिसर राजेन्द्रमान मानन्धरले समग्र शैक्षिक प्रणालीको प्रभावकारी व्यवस्थापनमा कमी, कमजोर सिकाइ वातावरण, सामाजिक सांस्कृतिक, आर्थिक अवस्था, भौगोलिक पछौटेपन, मौजुदा पाठ्यक्रम र पाठ्यपुस्तकका सान्दर्भिकता र गुणस्तरीयता नहुँदा समग्र सिकाइ कार्य प्रभावकारी हुन नसकेको बताए । 

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको प्राविधिक कार्य समूहले सन् २०१३ मा काठमाडौँ, काभ्रे र चितवन जिल्लामा केही विद्यार्थीको पढाइ क्षमताको आधारमा गरिएको एक परीक्षणमा कक्षा २ का ३४ प्रतिशत र कक्षा ३ का ४९ प्रतिशत विद्यार्थीले मात्र सबै अक्षर शुद्धसँग पढ्न पाएको देखिएको छ । 

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, जिल्ला कार्यान्वयन समन्वय समितिका संयोजक रामविनय सिंहको सभापतित्वमा बसेको बैठकमा शिक्षक युनियनका अध्यक्ष रामचन्द्र पण्डित, अभिभावक सङ्घ, स्रोत व्यक्ति, गैरसकारी संस्थालगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । 

 रासस 

 

प्रतिक्रिया