Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

सहमति कार्यान्वयन गर्न शिक्षक सङ्गठनको माग

बुधबार, १२ जेठ २०७३

काठमाडौँ, १३ जेठ । विगतमा शिक्षक कर्मचारी र शिक्षा मन्त्रालयकाबीचमा भएको सहमतिबमोजिम शिक्षा ऐन संशोधन गरी शिक्षक कर्मचारीको माग पूरा गर्न अखिल नेपाल शिक्षक सङ्गठनले जोड दिएको छ ।  

क्रान्तिकारी शिक्षकको सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठनले आज यहाँ प्रेस विज्ञप्ति जारी गर्दै विगतमा भएका सहमति कार्यान्वयन नहुँदा शिक्षक कर्मचारीको पेसा धरापमा परेको गुनासो गरेको छ । 

हाल असमान तरिकाले वितरण भइरहेको शिक्षक दरबन्दीको राष्ट्रिय रुपमा दरबन्दी मिलान गर्न सङ्गठन शिक्षा मन्त्रालयसँग माग गर्दै शिक्षा ऐन, २०२८ खारेज गरी नयाँ शिक्षा ऐनको व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ ।  

हाल शिक्षा मन्त्रालयद्वारा लागू गर्न खोजिएको विद्यालय क्षेत्र विकास कार्यक्रम राष्ट्रिय सहमतिबिना हचुवाका भरमा कार्यान्वयन नगर्न पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

रासस 

 

प्रतिक्रिया