Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा

मंगलबार, ११ जेठ २०७३

काठमाडौँ, १२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा रौतहटको एक विद्यालयका प्रधानाध्यापक र शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  

आयोगका अनुसार जिल्लाको रामनरेश लक्ष्मण माध्यमिक विद्यालय हजमनियाका प्रधानाध्यापक नगनारायण सिंह र खाता सञ्चालक शिक्षक कौशलकिशोर प्रसादले विभिन्न आर्थिक वर्षका विद्यालयको भौतिक पूर्वाधार मर्मत तथा निर्माणका लागि प्राप्त भएको रु ६ लाख ६८ हजार १८० बदनियतपूर्वक हिनामिना गरेको पाइएको छ।   

सरकारी स्रोतबाट प्राप्त भएको रकम व्यक्तिगत प्रयोजनका लागि खर्च गरेर दुरुपयोग गरेको अभियोगमा बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी गराएको छ।  

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)  

 

प्रतिक्रिया