Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

अज्ञात रोगले दुई स्कुले बालकको मृत्यु

मंगलबार, ११ जेठ २०७३

काठमाडौँ, १२ जेठ  । जुम्लामा अज्ञात रोगका कारण दुईजना बालकको मृत्यु भएको छ। जिल्लाको तातोपानी ६ जर्मिगाँउमा एकै खालको स्वास्थ्य समस्या देखिएपिछ एकैदिन उनीहरुको मृत्यु भएको हो ।

तातोपानी ६ जर्मिगाँउका रुद्धसिंह मल्लका ८ बर्षीय छोरा जयकृष्ण मल्ल र वडा नम्बर ६ कै गोप्थडागाँउका नानु डाँगीका १० बर्षीय छोरा खड्क डाँगीको मृत्यु भएको हो ।  दुबै जनालाई एक्कासी ज्वरो आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय भैरव वहादुर कार्कीले जानकारी दिए । दुबैजना भवानी प्राविमा क्रमशः कक्षा १ र ३ मा अध्यायनरत थिए ।  

बालकको मृत्यु पछि विशेषज्ञ चिकित्सकसहित जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख वैधनाथ झाको टोली घटनास्थलमा पुगेको थियो ।  जनस्वास्थ अधिकृत बैद्यनाथ झाले एकै दिनमा एकै रोगका कारण दुई बालकको निधनले गाँउले त्रसित बनेका बताए ।  

उनले ज्वरोको संक्रमणका कारण समयमै उपचार नहुँदा मृत्यु भएको हुनसक्ने बताए । तर स्वास्थ्य टोलीले यही रोग भनेर किटान गरेको छैन। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया