Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

शैक्षिक सुधार वर्ष–२०७३ घोषणा

मंगलबार, ११ जेठ २०७३

काठमाडौँ, १२ जेठ । खस्कँदै गरेको शैक्षिक गुणस्तरलाई मूलधारमा ल्याउन जिल्ला शिक्षा कार्यालय जाजरकोटले शैक्षिक सुधार वर्ष–२०७३ घोषणा गरेको छ ।  दशेरा गाविसमा सोमबार आयोजित कार्यक्रममा २०७३ लाई जेठ ११ गते शैक्षिक सुधार वर्ष घोषणा गरिएको हो । दशेरा गाविसको जनप्रिय क्याम्पस दशेरामा गृहमन्त्री शक्तिबहादुर बस्नेतले शैक्षिक सुधार वर्ष–२०७३ को उद्घाटन गरे ।  

जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहका अनुसार ‘हामी सबैको एकीकृत प्रयास, जिल्लाको शैक्षिक विकास–२०७३ भन्ने मूल नाराका साथ शैक्षिक सुधार वर्ष’ घोषणा गरिएको हो ।  

यसैगरी सदरमुकाममा रहेको जिल्ला अस्पताललाई १५ श्ययाबाट ५० श्ययामा स्तरोन्नति गरिएको छ । जिल्लाका गर्खाकोट, दल्ली र लिम्सामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्तरोन्नति गरी आवश्यक सामग्रीको व्यवस्था मिलाइएको छ । 

सो अवसरम मन्त्री बस्नेतले खलङ्गादेखि रिम्ना हुँदै दल्ली, खलङ्गा पाँचकाटिया, अनि छेडादेखि थलहसम्म पिच गर्ने कार्य सुरु हुने जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया