Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

'घुम्ती पुस्तकालय'मा झुम्मिए विद्यार्थी

मंगलबार, ११ जेठ २०७३

काठमाडौँ, १२ जेठ । विद्यालय तहका विद्यार्थीलाई कोर्समा मिल्नेगरी बाहिरी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले इलाम लगायतका जिल्ला–जिल्लामा घुम्ती पुस्तकालय ुबुक बसु सञ्चालन भइरहेको छ।  अमेरिकी दूताबासले विभिन्न विषयका पुस्तक बसमै लिएर हिँड्दै विद्यार्थीलाई पढ्ने अवसर दिएको हो।

दूताबासको टोलीले सदरमुकामको चोक बजारमा गत बुधबारयता बुक बस सञ्चालन गरेको छ। चोक बजारमा बसमा पुस्तकालयझैं किताब सजाइएको छ । स्कुलमात्र नभइ क्याम्पसका विद्यार्थीसमेत यता आकर्षित भएका छन् । विभिन्न स्कुलका विद्यार्थी दिनहुँ यहाँ आएर पुस्तक अध्ययन गरिरहेको दूताबासकी बुक बस कोअर्डिनेटर इशाभूमि श्रेष्ठले बताइन् । ुएक पिरियडजति (४५–४५ मिनेट) विद्यार्थी आउँछन् र आफूलाई रुचि भएका किताब पढ्छन्,ु उनले भनिन्, ुहामी किताब बिक्री गर्दैनौं । 

भएका पुस्तक अध्ययन गर्न दिन्छौं ।ु यहाँ विशेषगरी अमेरिकी लेखकले लेखेका इतिहास, विज्ञान, उपन्यास, सामान्य ज्ञान, चित्रकथालगायतका करिब ५ सय पुस्तक रहेको उनको भनाइ छ ।

बस बुकबाहेक दूताबासले जिल्लाका विभिन्न स्कुलका विद्यार्थी र खुला कविता, विज्ञान कार्यशालासमेत आयोजना गरिरहेको छ । कविता संकलनका लागि सुरुमा सबै स्कुलमा फाराम दिइएको थियो । त्यसबाट ५०, २० छान्दै ४ जनालाई विजेता घोषणा गरी पुरस्कृत गर्ने कार्यक्रम रहेको उनले बताइन् । यहाँबाट छानिएका विद्यार्थी आउँदो सेप्टेम्बरमा हुने राष्ट्रिय कार्यशालामा सहभागी हुन पाउने छन् । 

जिल्लाका अन्य कविहरूका लागि पनि आउँदो शुक्रबार सदरमुकाममा कविता कार्यशाला (स्लान पोइट्री) सञ्चालन गरी विजेतालाई पुरस्कृत गरिने श्रेष्ठले बताइन् । आउँदो २२ गतेसम्म सञ्चालन हुने कार्यक्रमका लागि अमेरिकी कर्नर पुस्तकालयले आयोजनामा सहजीकरण गरिरहेको छ ।

दूताबासले यस्तो कार्यक्रम देशका विभिन्न जिल्लामा सञ्चालन गरिरहेको छ । अहिलेसम्म धनगढी, जनकपुर, बाग्लुङ, भैरहवा, पाल्पा, सुर्खेतलगायत जिल्लामा सञ्चालन गरिसकेको छ । ुयो मोबाइल लाइब्रेरी हो, हामी हरेक ठाउँमा यो घुम्ती पुस्तकालय पुर्‍याउँदै छौं,ु उनले भनिन्।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया