Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

एचआइभी संक्रमित पढ्ने विद्यालयलाई अनुमति

मंगलबार, ११ जेठ २०७३

काठमाडौँ, १२ जेठ । शिक्षा कार्यालय काठमाडौंले एचआइभी संक्रमित बालबालिका अध्ययन गर्ने विद्यालयलाई आठ कक्षासम्म अनुमति दिएको छ । संक्रमति बालबालिकाले पहिचान खुलाएर अध्ययन गराउने मुलुक यो पहिलो विद्यालय हो । 

राजधानीको किर्तिपुर भत्केको पाटीमा सञ्चालित सफलता एचआइभी शिक्षा सदनलाई शिक्षा कार्यालयले औपचारिक बैकल्पिक विद्यालयको रुपमा आधारभूत तह ९१–८० सम्म अध्ययन गर्न अनुमति दिएको हो । 

चार बर्षअघि प्राथमिक तह ९१–५० सम्म सञ्चालनको अनुमति पाएको थियो । ‘आफू संक्रमित भएको कुरा लुकाएर पढ्ने बालबालिकालाई खुलेर पढ्ने व्यवस्था गरेका हौ,’विद्यालयका संस्थापक अध्यक्ष राजकुमार पुनले भने,‘लुकेर पढिरहनु भएको छ भने आउनुहोस् हामी खुलेर पढाउँछौ ।’ 

कक्षामा साथीले सक्रमित भएको थाहा पाए घृणित हुने भन्दै आफनो रोग लुकाएर पढ्न जाने गरेका छन् । मुलुकमा छिछि र दुरदुर गरेर पढ्ने संक्रमित बालबालिका धेरै रहेको उनले बताए । यो विद्यालयमा पढ्ने विद्यार्थी पहिचान खुलाएकाले स्वतन्त्र रुपमा पढ्न पाउँछन् । ‘पहिचान नखोली दुव्यहार सहेर पढ्नु पर्ने अवस्था छैन,’निर्देशक उमा गुरुङले भनिन् । 

संक्रमित चार बच्चाबाट सुरु भएको विद्यालयमा २३ जनाले पढिरहेका छन् । अंग्रेजी माध्यमबाट पढाउने व्यवस्था मिलाएको छ । संक्रमित बालबालिकाहरुले आफनो परिचय दिदा आफनो लक्ष्यमा डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक, पत्रकार लगायत बताउने गर्छन् ।  खुलेर पढ्न सक्ने भएकोले उनीहरुको लक्ष्य पुरा गर्न सकिने विद्यालय सञ्चालकहरु बताउँछन । 

अंग्रेजी माध्यमको पुस्तक तलेजु प्रकाशनले उपलब्ध गराउने गरेको गुरुङले बताइन ।  अहिले २३ जनाको लागि खान बस्ने व्यवस्था समेत पुन र गुरुङले गरिरहेका छन् । सुत्ने, खाने र पढ्ने विद्यालयकै कोठामा हुदै आएको छ । ‘होस्टेल बन्दैछ,’पुनले भने ,‘६ महिनापछि अरु बच्चा पनि थप गरेर राख्न सकिन्छ ।’  घर नबनेसम्म थप सक्रमित बच्चालाई पढाउन सकिएपनि राख्न सक्ने अवस्था नभएको उनले बताए । संक्रमित बालबालिका भेट्न आउनेहरुले दिएको सहयोगबाट घर निर्माण गरिरहेको उनले बताए । ‘घर निर्माण गर्ने दाताको खोजीमा छौ,’गुरुङले भनिन,‘आठ कक्षासम्म पढाउन अनुमति पायौ । तर, जति संक्रमित आएपनि पढाउने र राख्ने ठाउँको अभाव छ ।’ 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया