Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

क्याम्पस प्रमुखमा दलीय भागबन्डा

मंगलबार, ११ जेठ २०७३

काठमाडौँ, १२ जेठ । त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दलहरूको भागबन्डामा क्याम्पस प्रमुखहरूको नियुक्ति सुरु भएको छ । प्रारम्भिक चरणमा संसदका प्रमुख तीन दलले एक(एक क्याम्पस भागबन्डा गरेका छन् भने कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संघको यसै महिना हुने अधिवेशनका कारण अन्यमा नियुक्ति ठप्प बनेको छ । एमालेनिकट प्रगतिशील प्राध्यापक संगठन र माओवादीनिकट राष्ट्रिय प्राध्यापक संगठनले भने चुनावका कारण नियुक्ति प्रक्रिया रोकिएको प्रति विरोध जनाएका छन् । 

रिक्तमध्ये हालसम्म तीन वटामा मात्र प्रमुख नियुक्त गरिएका छन् । जसमध्ये राजविराजको विन्देश्वर बहुमुखी क्याम्पसमा कांग्रेस, राजधानीको रत्नराज्यलक्ष्मीमा एमाले र गोरखा बहुमुखी क्याम्पसमा माओवादीनिकटलाई नियुक्त गरिएको छ । अन्य क्याम्पसमा तीन महिनासम्मका लागि निमित्त जिम्मेवारी दिइएको छ । समयमा क्याम्पस प्रमुख नियुक्त नहुँदा आर्थिक कारोबार र परीक्षा सञ्चालनमा बाधा पुग्ने परीक्षा नियन्त्रक केशव बाँस्तोलाले बताए ।

यसपटक प्रजातन्त्रवादी प्राध्यापकहरूले ५५ प्रतिशत क्याम्पस आफ्नो भागमा हुनुपर्ने दाबी गर्दै आएका छन् । ुक्याम्पस प्रमुख नियुक्त गर्ने काम त्रिवि पदाधिकारीको हो, हामीले सहजीकरण गर्नेमात्र हो,ु अधिकांश क्याम्पसमा प्रजातन्त्रवादीको बाहुल्य रहेको उल्लेख गर्दै संघका महासचिव जगत तिमल्सिनाले भने, ुत्रिवि प्राध्यापक संघमा प्रजातन्त्रवादीको उपस्थिति ५५ प्रतिशत छ, त्यसैअनुसार क्याम्पस प्रमुख नियुक्ति हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।ु 

प्रगतिशील प्राध्यापकहरुले आफ्नो संगठन नरहेका क्याम्पसमा पकड जमाउन खोज्दा प्रशासन चल्न नसकेकोसमेत तिमल्सिनाले आरोप लगाए । ुअन्यत्रबाट शिक्षक ल्याउदा क्याम्पस प्रशासन चलाउन नसकेका उदाहरण छन्,ु उनले भने, ुत्यसैले क्याम्पस प्रमुख नियुक्ति गर्दा कमसेकम प्रशासन चल्ने वातावरण बनाइनुपर्छ ।ु स्रोतका अनुसार संघको आशन्न महाधिवेशनअघि कुनै क्याम्पसमा प्रमुख नियुक्त नगर्न लबिङ गर्दै आएको छ । 

ुकसैको चुनावको कारण क्याम्पस प्रमुख नियुक्ति रोकिनु हुन्न,ु राष्ट्रिय प्राध्यापक संगठनका महासचिव पूर्ण लामिछानेले भने, ुभोटको राजनीतिले गर्दा क्याम्पस प्रमुख नियुक्ति रोकिनु त्रिवि नेतृत्वको अक्षमता हो ।ु

त्रिवि नियमावलीअनुसार क्याम्पस प्रमुख नियुक्त गर्दा स्थायी भइसकेका प्राध्यापक, सहप्राध्यापकमध्ये वरिष्ठतममध्येबाट छानिनुपर्छ । तर, यसअघि राजनीतिक भागबन्डाले गर्दा उपप्राध्यापकसमेत नियुक्त गरिएका छन् । जुम्लालगायत केही जिल्लामा स्थायी प्राध्यापक छैनन् भने केहीमा एक जनामात्र स्थायी प्राध्यापक रहेका क्याम्पसमा भागबन्डाका कारण समस्या आउने गरेको छ । कुनै पार्टीमा नलागेका योग्य, क्षमतावानले नियुक्ति पाउनुपर्ने र क्याम्पसमै पढाइरहेकालाई मात्र नियुक्ति गरिनुपर्ने अर्का प्राध्यापकले जिकिर गरे । उनले भने, ुराजनीतिक झन्डा बोकेकाले मात्रै पाउने, बाहुबलीलाई मात्र ल्याउने प्रवृत्तिको अन्त्य हुन जरुरी छ ।ु

त्रिवि उपकुलपति प्राध्यापक तीर्थराज खनियाँले निमित्त क्याम्पस प्रमुखको म्याद सकिनासाथ कम्तीमा ३० जनालाई नियुक्त गरिने जनाए । ुतीन महिना म्याद थमाइएका क्याम्पस प्रमुखको अवधि सकिनासाथ कम्तीमा तीस जनालाई एउटै लटमा नियुक्त गर्ने योजना बनेको छ,ु उपकुलपति खनियाँले कान्तिपुरसित भने, ुत्यसो गर्दा र व्यावसायिक तालिम दिन सजिलो हुनेछ ।ु

त्रिविका देशभरिमा ६० आंगिक क्याम्पस छन् । यसअघि कांग्रेसले २२ क्याम्पस, एमालेले २० र माओवादीले १८ क्याम्पस भागमा पार्दै आएका छन् । यिनै भागबन्डाभित्र मधेसीलाई समेट्ने गरेका छन् भने महिला, जनजाति, मुस्लिमलाई वास्ता गरिएको छैन । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया