Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

विद्यालयको चुनावमा अश्रु ग्यास, माओवादी विजयी

मंगलबार, ११ जेठ २०७३

रौतहट - दुई दलका कार्यकर्ता विचको झडप नियन्त्रण पछि शुरु विद्यालय ब्यवस्थापन समितिको चुनावमा माओवादीका कार्यकर्ता रामप्रवेश पटेल विजयी भएका छन् । विश्रामपुरमा रहेको श्री नेपाल उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनावमा एमाले र माओवादीले आआफ्ना कार्यकर्तालाई अध्यक्षमा उठाएका थिए । अध्यक्ष पदका उम्मेदवार जगन्नाथ सहनी र रामप्रवेश पटेल पक्ष बिच विवाद भएको थियो । सहनी एमाले र पटेल माओवादीका कार्यकर्ता हुन् । 

पटेलले ३ सय ३१ मत पाए भने उनका प्रतिद्धन्द्धी एमालेका सहनीले २ सय मत प्राप्त गरे ।

जित पछि एडुखबरसँग कुरा गर्दै पटेलले विद्यालयको विकास र विस्तारमा सकृय रहने प्रतिवद्धता जनाए । सामुदायिक विद्यालयको स्तर दिन दिनै खस्कदैं गएको अवस्थामा सुधारका लागि आफैं अघि सरेको उनले बताए । 'लामो समय बाहिर बसेर हेर्दै आएको थिएँ, यसपटक चुनाव जितेर केही सुधार गर्छु भन्ने मेरो सोचाई देखेर उनीहरुले धेरै लफडा गरे' उनले भने, 'आखिरमा अभिभावकले मलाई नै रुचाए, अव विद्यालयको सुधार गर्ने काम गर्छु ।'

सोमबार दिउँसो भएको चुनावमा आआफ्ना दलका कार्यकर्तालाई जिताउन सकृय दुई पक्ष विचका कार्यकर्ताको झडप नियन्त्रण गर्न प्रहरीले अश्रु समेत हान्नु परेको थियो ।

पढ्नुहोस् : विद्यालय ब्यवस्थापन समिति चुनावमा एमाले र माओवादी भिडे, अश्रु ग्यास प्रहार

झडप नियन्त्रण गरेर अवस्था सामान्य बनाए पछि साँझ साढे ६ बजे सम्म मतदान भएको थियो । राती १२ बजे मतगणना सकिएको हो । दुई पक्ष विचको विवादलाई दुवै संगै राखेर सहमती गरेर चुनाव सम्पन्न गरेको प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले एडुखबरलाई बताए ।

विद्यालयमा जाने अनुदान तथा छात्रबृत्ति रकममा चलखेल गर्न पाईने भए पछि पछिल्लो समय ब्यवस्थापन समितिको चुनाव संसदीय चुनाव जस्तो हुन थालेको छ ।

तस्विर : ईन्टरनेट

प्रकाशित मिति २०७३ जेठ ११ गते

प्रतिक्रिया