Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

सीटीईभीटीको डिप्लोमाको नतिजा सार्वजनिक

सोमबार, १० जेठ २०७३

काठमाडौँ, ११ जेठ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा प्रमाणपत्र तह पहिलो बर्षको स्वास्थ्यतर्फको नर्सिङ र अन्य सबैजसो बिषयको नतिजा सोमबार सार्वजनिक गरेको छ । 

१२ हजार आठ सय ४४ जनाले परीक्षा दिएकोमा पाँच हजार नौ सय ७५ जना उत्तीर्ण भएका छन् । नर्सिङ तर्फ सबैभन्दा बढी ७५।०३ प्रतिशत उतिर्ण भएका छन् । परीक्षा नियन्त्रक ईश्वरी भट्टाका अनुसार नियमित र आशिंक तर्फ पाँच हजार नौ सय ८४ जनाले परीक्षा दिएकोमा चार हजार चार सय ९० जना प्रतिशत उतिर्ण भएका छन् ।  

नियमित तर्फ ९७ नर्सिङ कलेजका दुई हजार आठ सय ७८ जनाले परीक्षा दिएकोमा तीन हजार सात सय ९४ जना अथार्त ७५।८६ प्रतिशत उतिर्ण भएका छन् । 

कार्यालयले इन्जिनियरिङ तर्फको सबै, एग्रिकल्चर, फुड एण्ड डेरी, होटल म्यानेजमेन्ट, आइटीको नियमित र आशिंकको नतिजा पनि सार्वजनिक गरेको छ । यी सबै बिषयमा नियमित तर्फ १५।५४ प्रतिशत मात्रै उतिर्ण भएको भट्टले जानकारी दिए । नियमित तर्फ दुई हजार सात सय २८ विद्यार्थीले परीक्षा दिएकोमा चार सय २४ जना मात्रै उतिर्ण भएका छन् । इन्जिनियरिङ तर्फ आर्किटेक्चरको २३ जनाले परीक्षा दिएकोमा सबै फेल भएका छन् । 

सिभिलमा १७ कलेजबाट तीन सय ७७ जनाले परीक्षा दिएकोमा ६।१० प्रतिशत, इलेक्ट्रिकलमा ३० जनाले परीक्षा दिएकोमा दुई जना मात्रै पास भएको कार्यालयले जनाएको छ । सिभिलमा ३५ कलेजबाट एक हजार चार सय ६७ जनाले परीक्षा दिएकोमा दुई सय दुई जना उतिर्ण भएका छन् । सर्भेमा सबैभन्दा बढी ७०.२१ प्रतिशत उत्तीर्ण भएका छन् । नतिजा सीटीइभीटी डट ओआरजी डट एनपीमा हेर्न सकिन्छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया