Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यालय निर्माणको प्रस्ताव स्वीकृत

आइतबार, ०९ जेठ २०७३

काठमाडौँ, ९ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका विद्यालय भवन, स्वास्थ्य चौकी तथा भवन निर्माणका लागि विभिन्न संस्थाबाट पेस भएका परियोजना प्रस्तावलाई स्वीकृत गरेको छ ।  गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार प्रस्ताव स्वीकृत गरेको प्राधिकरणले जनाएको छ । 

स्वीकृत परियोजनामा २३४ वटा विद्यालय निर्माणका लागि रु एक अर्ब ७२ करोड ६७ लाख ३६ हजार ६१० प्रस्ताव गरिएको छ ।  प्रस्तावित परियोजना प्रस्ताव छनोटका लागि प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरेबमोजिम सम्बन्धित विज्ञ सदस्यको समन्वयमा त्रिपक्षीय सम्झौता गर्न स्वीकृत गरेको हो । 

यस्तै, २७ वटा स्वास्थ्य चौकी तथा भवन निर्माणका लागि रु ३९ करोड ३२ लाख ८१ हजार ३२६ प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ । सम्बधित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणकाबीच त्रिपक्षीय सम्झौतामा हुने कानुनी व्यवस्था रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलीयाले जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया